चीनको समृद्धि विश्वकैै नमुना

mohan मोहन बास्तोला

हरेक मानिसको अपेक्षा हुन्छ, आफू उभिएको वरिपरिका जमिन टेकूँ । अझ त्योभन्दा परको भूगोल टेकूँ । हो, त्यही अपेक्षा सँगाल्दै विक्रम संवत् २०७६ असार १६ गते उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि मेरो यात्रा तय भयो । एयर चाइना विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको भूमि छाड्दै गर्दा मौसम सफा थिएन । मेरो मन भने जमिन छाडेर उड्दै गरेको जहाज जसरी नै सफा र चङ्गा बनिरहेको थियो ।
काठमाडौंँ उपत्यकालाई एक फन्को लगाएर जहाज गन्तव्यतिर मोडिँदै गर्दा जति–जति जहाजले गति लिन्थ्यो, त्यति–त्यति नै हलुङ्गो भएको महसुस गर्दै जान्थेँ । कुनै बेला जहाज बादलमा हराउँथ्यो भने कुनै बेला हिमालका चुलीलाई नजिक–नजिक पार्दै उड्थ्यो । छेउकै सिटमा बस्नुभएकी पत्रकार देविका घर्तीमगरलाई झ्यालतिर देखाउँदै भनेँ, ‘हेर्नुहोस् न नेपाल र चीनको भूबनोट उस्तै–उस्तै छ । तर, चीनमा कति मिलेका सहर र बस्तीहरू छन् र कुनै जमिन पनि बाँझो देखिँदैन ।’ उहाँले पनि मेरो भनाइलाई पूरक तुल्याउँदै भन्नुभयो, ‘हो नि, भूगोल उस्तै छ तर विकासमा हेर्नुहोस् न कति धेरै फरक ।’
देविकाका ती शब्दले जमिन बाँझो छाडेर र साहुसँग चर्को व्याजमा ऋण लिएर विदेशी भूमिमा ऊर्जाशील श्रम खर्च गर्न दैनिक १५ सयदेखि दुई हजारको सङ्ख्यामा खाडी मुलुकका साथै मलेसिया बाहिरिने नेपाली युवाको कथा आँखावरिपरि नाच्न थाल्यो । विमान भने आफ्नै गतिमा कहिले हिमतालमाथिबाट त कहिले खोँचका बस्तीलाई तल पार्दै उडेको करिब तीन घन्टामा चीनको सिचुवान प्रान्तको छेन्दु विमानस्थलमा अवतरण भयो ।
जहाज अवतरण हुनुअघि नै चीनको चामत्कारिक विकासलाई आकाशबाट नियालिरहेको मलाई अवतरणपछि हरेक कुराहरू नौलाजस्ता लाग्न थाले । धावनमार्गमा जहाज दौडिरहेको छ । धावनमार्गमाथि फराकिला राजमार्ग र त्यहाँ बेपर्वाहसँग दौडिरहेका गाडीका लस्कर देखेर म केही क्षण टोलाएँ । विश्वकै दोस्रो आर्थिक शक्तिराष्ट्र बनेर उभिएको चीनको विकासबारे थोरै पढेको र केही सुनेको थिएँ । मलाई एउटै उत्सुकता थियो, चीनको समृद्धिको आधार के हो ? यस्तो प्रश्नलाई नियाल्ने आधार बन्यो– सिचुवान र क्वीचाओ प्रान्तको विकासलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलको नेतृत्वमा केही साताअघि २० जनाको टोलीसँगै चीनका यी प्रान्तमा भ्रमण गर्दा मैले त्यहाँको समृद्धि मात्र देखिनँ, उत्साहित र पुलकित पनि भएँ उत्तिकै । chin
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निम्ता र मुख्यमन्त्रीको टोली भएकाले पनि हुन सक्छ– विमानस्थलमा अवतरण भएदेखि नै हामीले कुनै पनि असजिलो अनुभव गर्नुपरेन । विमानस्थलदेखि नै उच्च पाहुनाको सुविधा दिइएको थियो । विमानस्थलकै भीआईपी कक्षमा हामीलाई केही समय विश्राम गराएपछि बेइजिङबाटै आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका प्रतिनिधि राम र सरलाले स्वागत गर्नुभयो । उहाँहरूले नेपाली भाषामै परिचय दिँदै आ–आफ्नो नाम राम र सरला भनेपछि सुरुमा त मलाई अनौठो लाग्यो । बेइजिङबाट हाम्रो स्वागतमा आउनुभएका उहाँहरूलाई हेर्दा चिनियाँ नागरिकजस्तै देखिए पनि नेपाली बोल्नुभयो र नाम पनि राम र सरला थियो । मैले सँगै यात्रामा रहेका अनेरास्ववियुका संयोजक ऐन महरतिर हेरेर फिस्स हाँस्दै भनेँ, ‘नेपालीमै बोल्छन्, फेरि नाम पनि राम र सरला, गज्जब छ त ?’ मेरो जिज्ञासा टुङ्गिन नपाउँदै महरले भन्नुभयो, ‘उहाँहरूको यो नेपाली नाम रे, सरलाले त नेपालमै एक वर्ष नेपाली भाषा पनि पढेकी रे ।’ उहाँहरूको स्वागतको शैलीले पक्कै पनि चीनको १० दिने बसाइ रमाइलो होला भन्ने मैले अनुमान लगाएँ ।
करिब ९ करोड १० लाख जनसङ्ख्या भएको सिचुवान प्रान्त चीनको चौथो ठूलो प्रान्त रहेछ । यात्राको पहिलो दिन कुनै पनि औपचारिक कार्यक्रम नभएकाले हामी त्यहाँका केही ऐतिहासिक र पुराताŒिवक महŒवका ठाउँहरू घुम्यौंँ । कला, संस्कृति र ऐतिहासिक महŒवका ठाउँको उनीहरूले गरेको संरक्षणले मलाई प्रभावित बनायो ।
भोलिपल्ट अर्थात् असार १७ गतेको बिहान बाहिरबाट कसैले ढोका ढक्ढक्याए । बिस्तारै ढोका खोलेँ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी हुनुहुँदोरहेछ । उहाँले भन्नुभयो, ‘मोहनजी ६ बजेर ३० मिनेट जान लाग्यो, उठ्ने होइन ?’ उहाँले फेरि मुस्कुराउँदै थप्नुभयो, ‘चीनका मान्छेमात्र होइन, नेपालभन्दा चीनको समय पनि छिटो छ, नेपालकै समयमा उठ्नुहोला कि भनेर बोलाउन आएको नि ।’ नभन्दै नेपालमा एउटै समय दिने मेरो मोबाइल र घडीमा २ घन्टा १५ मिनेटको फरक समय देखियो । china_1
चीन यात्राको दोस्रो दिन हाम्रो टोली छेन्दुकै जल संरक्षण परियोजना, छेन्दुको सङ्ग्रहालयलगायतको भ्रमणमा सहभागी भयो । उनीहरूले हरेक ठाउँलाई पर्यटकीय विकाससँग जोडेका रहेछन् । सामान्य ठाउँमा पनि पर्यटकलाई आकर्षित गर्ने उनीहरूको प्रयास देख्दा मनमनै मैले पनि हाम्रो देशका ऐतिहासिक र पुराताŒिवक महŒवका सम्पदालाई सम्झिएँ । स्वयम्भू, बौद्धनाथ, लुम्बिनीजस्ता दर्जनौंँ धार्मिक तथा पर्यटकीय स्थलहरूमा हामीले पनि त लाखौँ पर्यटक ल्याउन सक्ने रहेछौंँ नि ।
सोही दिन नेपालको प्रदेश नम्बर ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम थियो । त्यसअघि कृषि अनुसन्धान केन्द्र सिचुवान प्रान्तका प्रमुख याङ स्यु पिनसँगको औपचारिक भेटघाट तय भएको थियो । उहाँले करिब एक घन्टा सिचुवान प्रान्तले कृषिको पुनरुत्थान अभियानलाई कसरी अघि बढाएको छ भन्ने कुराको जानकारी दिनुभयो । कृषकलाई गाउँ फर्काउने अभियानमा सिचुवान सरकारले गरेको कार्य निकै मननीय लाग्यो । रोजगारीका लागि विदेश जाने नेपालको परम्परासँग ठ्याक्कै मेल खानेखालको रहेको छ, गाउँ छाडेर सहर पस्ने चीनको परम्परा । सिचुवानमा पनि त्यो परम्परा समस्याका रूपमा उपस्थित रहेछ । त्यही भएर उनीहरूले गाउँ छाडेर सहर आउनेक्रमलाई रोक्न किसानलाई गाउँ फर्काउने अभियान नै चलाएका रहेछन् । किसानलाई प्रोत्साहन भत्ता दिएर कृषिमा आकर्षित गर्ने, उनीहरूलाई गाउँ कमिटीमा जिम्मेवारी दिने, आपूर्ति, कृषि र वाणिज्य विभागले किसानले उत्पादन गरेका सामग्री बेच्नका लागि सहयोग गर्ने, उत्पादनका लागि कम्पनीलाई दिने वा किसान–किसान मिलेर सामूहिक खेती गर्नेजस्ता अभियानसमेत चलाएका रहेछन् । सन् २०२० सम्ममा चीनबाट गरिबी निवारण गर्ने उद्देश्यले अहिले ‘गाउँ फर्काऊ अभियान’लाई तीव्रता दिइएको रहेछ ।
स्यु पिनसँगको भेटपछि प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शङ्कर पोख्रेल र सिचुवान प्रान्तका गभर्नर इन लीबीच हामी बसेकै होटलमा कार्यक्रम तय भएको थियो । चीनको चौथो ठूलो प्रान्तका प्रमुख सहभागी हुने कार्यक्रममा निकै ठूलो भीडभाड हुने होला, सञ्चारकर्मीको उपस्थितिले हल खचाखच हुने होला, कडा सुरक्षासहित गभर्नरको उपस्थिति हुने होला भन्ने तर्कना मनमा खेलिरहेको थियो । गभर्नर इन ली निर्धारित समयमै होटलमा टुप्लुक्क छिर्नुभयो र मेरा ती सबै अनुमान गलत साबित भए । न त त्यहाँ सञ्चारकर्मीको भीडभाड देखियो, न त नेताको सुरक्षाका लागि कुनै दलबल नै । निर्धारित समयमा कार्यक्रम सकियो, दोभाषेको काम सरलाले गर्नुभयो । त्यसपछि लीले हाम्रो स्वागतमा आयोजना गरेको रात्रिभोजमा हामी सबै सहभागी भयौंँ ।
भोलिपल्ट नेपालको घोराही उपमहानगरपालिका र चीनको यान सिटीबीच भगिनी सम्बन्ध स्थापित गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भएकाले हामी छेन्दु सहरबाट सिचुवानकै यान सिटीतिर लाग्यौंँ । सिचुवानको प्रख्यात पान्डा पार्कसँगै सन् २००८ र २०१३ को ७ रेक्टर स्केलको भूकम्पले क्षतिग्रस्त बनेका लुसानलगायतका सिटीको पनि हामीले अवलोकन ग¥यौंँ ।
लुसानमा सन् २०१३ को अप्रिल ३० मा आएको शक्तिशाली भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको रहेछ । त्यसैले उनीहरूले त्यो भूकम्पलाई ‘लुसान’ भूकम्प भन्दारहेछन् । त्यो भूकम्पले सिचुवानका ३२ भन्दा बढी जिल्लालाई असर गरेको रहेछ । यसरी पटक–पटक शक्तिशाली भूकम्प जाँदा पनि उनीहरूले त्यो भूकम्पलाई विपत्ति नभई पुनःनिर्माणको अवसरका रूपमा लिएका रहेछन् । भूकम्पबाट भएको जनधनको क्षति र त्यसबाट राहतको अनुभूति गर्न निर्माण गरेको सङ्ग्रहालय पनि अवलोकन भ्रमण गर्ने अवसर प्राप्त भयो । भूकम्पपछिको पुनःनिर्माणले त्यहाँको उल्लासमय जीवन देख्दा हामीकहाँ ०७२ सालको भूकम्पपछि राजनीतिक खिचातानीका कारण अहिलेसम्म पनि पुनर्बासको राम्रो व्यवस्था हुन नसकेका नेपालका भूकम्प पीडितको मलिन अनुहार केहीबेर आँखा अघि नाचिरह्यो ।
हामीले यान सिटी बसाइकै क्रममा करिब दुई हजार वर्षअघि चियाको बिरुवा रोप्ने उली चन र उनी बसेको ठाउँको पनि अवलोकन ग¥यौंँ । समुद्री सतहभन्दा दुई हजार पाँच सय किलोमिटरको उचाइमा रहेको सो मन्दिर चिया बगानको माथिल्लो भेगमा रहेछ । त्यहाँसम्म पुग्न केबुलकार चढेर जानुपर्ने रहेछ । उनलाई ‘चियाका पिता’ भनी सम्मान गरिँदोरहेछ । उनकै सम्मानमा त्यहाँ मन्दिर र सङ्ग्रहालय नै निर्माण गरिएको रहेछ । अहिले त्यो ठाउँलाई पर्यटन विकाससँग जोडेका रहेछन् । त्यसैगरी, हामी यान सिटीमै रहेका बेला याय सहरको चिया सङ्ग्रहालयको पनि भ्रमणमा पुग्यौँ । त्यहाँ परम्परागत चिया उत्पादनको उद्गमस्थलसमेत हेर्ने अवसर प्राप्त भयो । दुई हजार वर्ष पहिलादेखि त्यहाँ उत्पादित चिया तिब्बत, नेपाल, भारत र भुटानसम्म निर्यात गरिने रहेछ ।
हामीले सिचुवानकै प्रख्यात करिब १४ हजार विद्यार्थी अध्ययनरत यान पोलिटेक्निकल कलेजको पनि भ्रमण ग¥यौँ । त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी अध्ययनपछि गाउँमै फर्किने रहेछन् । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको हो । त्यसैले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सन् २०२० सम्ममा चीनबाट सबै प्रकारको गरिबीको अन्त्य गर्ने योजनाअनुसार नै ती विद्यार्थीलाई प्रोत्साहन भत्ता दिएर गाउँ फर्काउने अभियान चलाइएको रहेछ । भूकम्पछि निर्माण भएको यान पब्लिक हस्पिटलको पनि हामीले अवलोकन ग¥यौंँ । अनलाइनबाटै टिकट लिने र उपचार गर्ने व्यवस्था गरिएको वृद्ध र बालबालिकाका लागि प्रख्यात सो हस्पिटलमा सुविधाजनक उपचार प्राप्त हुने रहेछ ।
सिचुवानको बसाइपछि हाम्रो टोली छिमेकी प्रान्त क्वीचौतिर लाग्यो । त्यहाँ हामीले मुख्य गरेर कृषि, पर्यटन, ऊर्जा, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यका लागि चीनले गरेका प्रयास र गरिबी निवारणका लागि चालेका अनुकरणीय कदमको अनुभव बटुल्यौँ । ‘चिनियाँहरू थोरै बोल्छन् तर श्रममा विश्वास गर्छन्’ भन्ने युक्ति साँचो हो रहेछ भन्ने अनुभव भयो । क्वीचौ प्रदेशकै ल्युफासोय सहर र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम थियो । चीनको पश्चिमी भू–भागमा रहेको एक लाख ७६ हजार दुई सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो प्रान्तको ल्युफासोय सिटीको मात्रै जनसङ्ख्या करिब ३५ लाख रहेछ ।
क्वीचौ पुगेपछि चीन बन्नमा श्रमप्रतिको सम्मान मुख्य रहेछ भन्ने ज्ञानबोध भयो । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेता माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएथ्यो । सन् १९४९ को चिनियाँ क्रान्तिपछि देश बनाउने भनेर युवा, सैनिक र मजदुरलाई विभिन्न सेन्टरमा तत्कालीन चिनियाँ सरकारले श्रमका लागि पठाएको रहेछ । त्योमध्येको एक सेन्टर रहेछ– क्वीचौ । सन् १९४९ देखि १९६४ सम्म १५ वर्षको अवधिमा क्वीचौ कसरी बन्यो भन्ने सफल नमुना ल्युफासोय सहरको सङ्ग्रहालयको अवलोकनपछि जान्ने अवसर पाइयो । कोइलाका लागि प्रख्यात प्रान्त क्वीचौ बनाउन गरेको योगदान अतुलनीय लाग्यो । ‘देश बन्छ भने हामी जहाँ पुगेर पनि श्रम गर्न तयार छौंँ’ भन्ने अद्भुत सोचको प्रतिफल रहेछ क्वीचौ । क्वीचौको कोइला चिसुवान र सिचुवानको स्पात क्वीचौ ल्याउनका लागि निर्माण भएको एक हजार किलोमिटर लामो रेलमार्गको इतिहासबारे जानकारी लिँदा हामी भावुक भयौंँ । विदेशी विज्ञहरूले क्वीचौजस्तो पहाडमा रेलमार्ग सम्भव नहुने भनेपछि चिनियाँ मजदुर, सैनिक र बुद्धिजीवी आफैँ रेलमार्ग निर्माणको अभियानमा जुटेका रहेछन् । एक हजार किलोमिटर लामो रेलमार्ग निर्माण गर्दा एक हजार बढी मजदुरको बलिदानी भएको इतिहास निकै मार्मिक लाग्यो । सन् १९६६ तिर माओत्सेतुङ आफैंँ आएर अवलोकन गरेका र सन् १९६८ को महाधिवेशनले क्वीचौलाई सहर घोषणा गरेको रहेछ ।
सङ्ग्रहालयको अवलोकन गर्दै गर्दा ल्युफासोय सहरसँग भगिनी सम्बन्ध स्थापना गरेको ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले नेपाल फर्किएपछि आफ्नो नगरपालिकामा पनि केही उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘चीनमा तीन सय ५० प्रजातिका चरा पाइने रहेछन् तर हाम्रो नगरपालिकामै चार सय प्रजातिका चरा पाइन्छन् । हामीले प्रचार गर्न नसकेका रहेछौंँ ।’ उहाँले बर्दिया राष्ट्रिय निकुञ्ज पर्यावरणका दृष्टिकोणले विश्वमै प्रख्यात रहेको भन्दै निकुञ्जमा दुर्लभ बाघ, हात्ती, संसारमै दुर्लभ मानिएको एकसिङ्गे गैँडा, गोही र मृग प्रजातिका जनावरहरू प्रत्यक्ष देख्न पाइने भन्दै त्यसकोमात्रै प्रचार गर्ने हो भने पनि हजारौंँ पर्यटक तान्न सकिने विचार उहाँको थियो । उहाँले आगामी दिनमा के–कस्ता कार्य गर्न सक्नुहुन्छ भन्ने त हेर्न बाँकी नै छ ।
बसाइको अन्तिम दिन पान्जाउ सिटीबाट बुलेट टे«नको यात्राबाट युनानको कुमनिङसम्म आइपुग्दा मनमा धेरै कुरा खेलिरहेका थिए । समृद्धिको सपना देखिरहेका हामी नेपालीले यसरी नै थुतुनो घुसारेर प्रतिघन्टा तीन सय किलोमिटर दौडिने बुलेट टे«नको यात्रा कहिले गर्ने होला ? बुलेट टे«नको यात्रामा मभन्दा एक सिट अघि बस्नुभएका मुख्यमन्त्री पोख्रेल हाम्रो भ्रमणलाई सहजीकरण गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग सदस्य सरलासँग सन् २०२० सम्ममा गरिबी अन्त्य गर्ने चीनको योजनाको प्रशंसा गरिरहनुभएको थियो ।
चीनको विकास हेरेर फर्किएका हामी सञ्चारकर्मी, नेता, व्यापारी, विद्यार्थी, कर्मचारी सबैले विकासका गफ चुट्ने होइन, चिनियाँ जनताले भनेजस्तै ‘देश बन्छ भने हामी देशको जुनसुकै भूगोलमा पुगेर पनि श्रम गर्न तयार छौंँ’ भन्ने भनाइ र सोचलाई सूत्र मानेर देशका लागि योगदान गर्न सक्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना