• ६ चैत २०८०, मङ्गलबार

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

blog

इमान सिं राना

रामपुर (पाल्पा) साउन १८ गते । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको तानसेनमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–८, पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेका छन् । 

पक्राउ परेका युवकले गत साउन १४ गते बिहान ९ बजे ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको र सोही दिन दिउँसो १ बजे पुनः अर्की १३ वर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पीडित बालिकाको आमाले बुधबार प्रहरीमा लिखित जाहेरी दिनुभएको थियाे । आरोपितलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।