• १३ वैशाख २०८१, बिहिबार

नसा च्यापिएको समस्या तीन महिनामा निको पार्न सकिन्छ: न्युरोसर्जन डा‍. झा

blog

काठमाडौं, साउन २२ गते । पछिल्लो समय नसाका समस्या बढ्दै गएको छ । वरिष्ठ न्युरोसर्जन डा‍. राजीव झाले अस्पतालमा आउने अधिकांश बिरामी ढाडको दुःखाइको समस्या लिएर आउने बताउनुहुन्छ । झाका अनुसार संसारभरि अस्पतालमा जानुपर्ने कारणमध्ये ढाड दुःखाइ दोस्रो कारण हो ।  त्यसका अतिरिक्त अस्पतालमा आउने बिरामीमा घाँटीको नसा च्यापिएर हात दुख्ने, झमाउने समस्या लिएर, तिघ्रा दुख्ने झमझमाउने, जस्ता समस्या लिएर अस्पतालमा पुग्ने गर्छन् । 

पछिल्लो समय नसाको समस्या बढ्नुको मुख्य कारण जीवनशैली भएको डा. झा बताउनुहुन्छ । उहाँ भन्नुहुुन्छ, “पछिल्लो समय नसाको समस्या बढ्नुको कारण अस्वस्थ जीवनशैली हो । लामो समय कुर्सीमा बस्दा बस्ने तरिका नमिलेर अनि सुत्ने तरिका नमिल्दा नसाको समस्या निम्तिने गर्छ ।”

अन्य कारणमा हड्डी कमजोर, शरीरमा मिनिरलको मात्र कमीले, इन्फेक्सन, हड्डीहरु खिइएर नसा च्यापिने हुँदा नसाको समस्या निम्तिने गर्छ । धेरै बेर कुर्सीमा बस्नुपर्ने मानिस, मोटोपन, धेरै गाडी चलाउने, चुरोटको सेवन गर्ने मानिसमा नसा च्यापिने जोखिममा हुने डा.झाको भनाइ छ 

डा.झाका अनुसार नसा च्यापिएको एक्सरे एमआरआई गरेर पत्ता लगाउन सकिन्छ । ढाडको नसा च्यापिएपछि प्यारालाइसेस हुने, गोडा-औँला कमजोर हुने, दिसा पिसाब चुहिनेजस्ता समस्या देखिनेमा सिटिस्क्यान मार्फत पत्ता लगाउन सकिने उहाँ बताउनुहुन्छ । 

सयजना नसाको समस्या भएकामध्ये ८५ देखि ९० जनाको उपचार थेरापी र औषधिको माध्यमबाट निको हुन्छ 

यो पनि पढ्नुहोस

कर्णालीका २७ वटा स्थानीय तहलाई कारबाही सिफारिस

डा. झाका अनुसार नसाको समस्या भएमा शल्यक्रिया गर्नुहुँदैन यदि शल्यक्रिया गरेमा प्यारालाइसेस हुन्छ भन्ने गतल धारणा छ, जुन गलत हो ।  । 

नसाका समस्या भएका एक सयजनामध्ये ८५ देखि ९० जनाको उपचार थेरापी र औषधिबाट गर्न सकिने डा. झाको तर्क छ । उहाँ भन्नुहुन्छ, “नसासम्बन्धी समस्या भएकाहरुले यदि सहऔषधि उपचार र फिजियोथेरापी गरेमा ६ हप्तादेखि तीन महिनासम्म निको भएर पुनः  काममा फर्किन सक्छन् ।” 

यो पनि पढ्नुहोस

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

नसा च्यापिएकामध्ये १० देखि १५ प्रतिशतलाई मात्र शल्यक्रिया आवश्यक पर्ने उहाँ बताउहुन्छ । उहाँका अनुसार नसा च्यापिएको सानो शल्यक्रियाबाट ९९ प्रतिशत निको हुन्छ । नसाको च्यापिने समस्याबाट बच्न एकै ठाउँ धेरै बेर नबस्ने, बेलाबेलामा उभिने, हिँड्ने, कुर्सीमा धेरै बेर नबस्ने र सुत्दा दुईवटा तकिया राखेर नसुत्न डा.झाको सुझाव छ । 

नसासम्बन्धी कस्ता कस्ता समस्या देखिन्छन्, यसको कारण के हो लगायत विषयमा केन्द्रित भई वरिष्ठ न्यूरोसर्जन डा. राजीव झासँग गरिएको भिडियो संवाद :


 भिडियो : मनोजरत्न शाही/केशब गुरुङ




 

 


 

 

 


 

  


 

 

 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।