• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय स्क्वास आइतबारदेखि

blog

स्क्वास प्रतियोगितामा खेलाडीले लगाउने जर्सी सार्वजनिक गरिँदै ।

काठमाडौं, साउन १८ गते । नेपाल स्क्वास एन्ड र्‍याकेट्स सङ्घको आयोजनामा पाँचौँ धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबारदेखि ललितपुरमा हुने भएको छ । 

सातदोबाटोस्थित स्क्वास कोर्टमा सञ्चालन हुने प्रतियोगितामा एक सय खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका निर्देशक सुदीपबहादुर सिंहले जानकारी दिनुभयो ।

साउन २७ गतेसम्म एक साता चल्ने प्रतियोगितामा पुरुष र महिला खुला, छात्र यू–१९, मास्टर पुरुष खुला (५० वर्षमाथि) र प्लेट च्याम्पियनसिप गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा पुरुष र महिला खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः २० हजार, १५ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष ध्रुव गुरुङले जानकारी दिनुभयो ।

महिला खेलाडीलाई स्क्वासमा आकर्षण गराउन पुरुषसरह नगद पुरस्कार राखिएको पनि अध्यक्ष गुरुङले बताउनुभयो । यस्तै यू–१९ तर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ११, ६ र तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सङ्घले आगामी वर्ष नेपालका स्क्वासको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी पनि गुरुङले दिनुभयो । 

यस्तै यस प्रतियोगिताको मुख्य प्रायोजक एवं सङ्घका पूर्व अध्यक्ष अशोक महर्जनले प्रतियोगिताले चीनमा आयोजना हुन लागेको एसियाली खेलकुद (एसियाड) मा सहभागी खेलाडीको लागि आफ्नो स्तर जाँच्ने राम्रो अवसर हुने बताउनुभयो ।