• ७ वैशाख २०८१, शुक्रबार

फिर्के खोलाको पाँच किलोमिटर सिमाङ्कन

blog

सन्तोष सुवेदी

कास्की, साउन १८ गते। पोखराको फिर्के खोलाको सिमाङ्कन कार्य जारी रहेको छ। साउन ३ गतेदेखि खोलाको सिमाङ्कन गर्न सुरु गरिएकोका अहिलेसम्म पाँच किलोमिटर सिमाङ्कन भएको सर्वेक्षक वासुदेव पौडेलले जानकारी दिनुभयो।

सिमाङ्कन भएको ठाउँमा खोलाको दायाँबायाँ करिब तीन सय चिह्न तथा पोलहरू गाडिएको सर्वेक्षक पौडेलले जानकारी दिनुभयो। टोलीले खोलाको क्षेत्र छुट्टाउँदै किला गाडेको छ।

सर्वेक्षण टोलीले किला गाडेअनुसार सिर्जनाचोक र जिरोकिलोको बिचमा बनेका केही संरचना खोलाको क्षेत्राधिकारभित्र पर्छन्। त्यहाँ केही सार्वजनिक भवन तथा व्यक्तिका संरचना खोलामाथि नै निर्माण भएका छन्।

सिमाङ्कनमा खटिएका प्राविधिकले कतिपय स्थानमा भौगोलिक कठिनाइकोसमेत सामना गर्नु परेको छ। सिमाङ्कन टोलीमा १८ जना प्राविधिकसहित नगर प्रहरी र सहयोगी समेत गरी ४० जना परिचालन गरिएको छ।