• १४ वैशाख २०८१, शुक्रबार

आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबिच भेटवार्ता

blog

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुहुँदै संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ)की नेपाल प्रतिनिधि एलिस अकुंगा । तस्बिर : राष्ट्रिय योजना आयोग

काठमाडौं, साउन १८ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र सङ्घीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबिच भेटवार्ता भएको छ । युनिसेफको नेपाल प्रतिनिधिका रूपमा आउकी अकुंगाले बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा भेटवार्ता भएको हो ।

उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्नुहुँदै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षालगायतका काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौँमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो ।

केन्याकी नागरिक अकुंगा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तानमा लगायतका देशमा बालबालिकाका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ ।