• ८ वैशाख २०८१, शनिबार

फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

blog

पेरिस, साउन १८ गते । फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई ‘विदेशी कूटनीतिक अधिकार संवर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा’ प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘यी कार्यहरू अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्वहरू, विशेष गरी भियना कन्भेन्सनसँग सम्बन्धित छन् । रासस/एएफपी