• १६ चैत २०८०, शुक्रबार

पत्रकार शर्माको सातौँ कृति सार्वजनिक

blog

अमेरिका, साउन १८ गते । लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएका पत्रकार तथा लेखक रमेश शर्माको सातौँ कृति ‘साइलेन्ट क्याभेट अफ टाइम’ अर्थात् ‘समयको मौन चेतावनी’ प्रकाशित भएको छ ।

पूर्वीय दर्शनमा वेदलाई ज्ञान भनिन्छ भने उपनिषद्लाई त्यसको सार मानिन्छ । वेदको अन्तिममा भएकोले उपनिषद्लाई वेदान्त पनि भनिन्छ । त्यही पूर्वीय दर्शनलाई मूल आधार बनाएर रचना गरिएको यो कृतिमा केही लामा, छोटा तथा मझौला गरी दुई सय ५४ वटा गद्यात्मक कविता सङ्गृहीत छन् । सङ्ग्रहमा समाविष्ट कविताहरूले वर्तमान समयमा विश्व राजनीतिले भोग्नुपरेको दुख, पीडा र वेदनालाई काव्यात्मक शैलीमा मुखरित गरेका छन् । 

 अमेरिकाको अमेजन पब्लिकेशन एजेन्सीले प्रकाशन गरेको यो कृति तीन सय २० पृष्ठको छ । यस अघि उहाँले अमेरिका तत्वमसि, अमेरिका अराइज एण्ड अवेक, अमेरिका दाइ सिमरिंग अगोनी, अमेरिका फेस डाउन इभिल, अमेरिका क्यू भेडिस र द इम्पायर अफ ट्रुथ नामक छ वटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।