• १२ वैशाख २०८१, बुधबार

उपराष्ट्रपतिलाई मानचित्र हस्तान्तरण

blog

काठमाडौँ, साउन १८ गते । विवेकशील साझा पार्टीले प्रकाशन गरेको नेपालको ऐतिहासिक सांस्कृतिक मानचित्र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ । अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन पार्टीले मानचित्र प्रकाशन गरेको जनाएको छ । 

पार्टी अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई मानचित्र हस्तान्तरण गरेर अभियान सुरु गरेको हो एसियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धिअगाडिको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तूपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्त्विक महत्वका सम्पदा समेटिएका छन् । इतिहासमा मानसरोवरदेखि गङ्गा मैदानसम्मका धरोहरलाई नक्साङ्कन गरिएको छ । धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्त्विक सम्पदालाई झल्काइएको छ ।