• ८ वैशाख २०८१, शनिबार

‘ङिङ्जे’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, साउन १७ गते । तामाङ चलचित्र ‘ङिङ्जे’ को ट्रेलर र ‘भर आरे जिन्दगीला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण भएको उक्त चलचित्र असोज १ गते प्रदर्शन गरिने जानकारीसहित ट्रेलर र चलचित्रमा समावेश गरिएको शीर्ष गीत सार्वजनिक गरिएको हो । चलचित्रमा घरका अभिभावकले अपनाउने संस्कार, व्यवहारलगायतले   परिवारका सदस्यमा पार्ने प्रभावबारे बुझाउने प्रयास र समग्र समुदायको राम्रो भविष्यका लागि हरेक घरका अभिभावकले सतर्कतापूर्वक राम्रो आचरणको अभ्यास गर्नुपर्ने सन्देश दिएको छ ।  

तामाङ चलचित्रका नायक एवं निर्देशक अमिर दोङले निर्देशन गर्नुभएको यस चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनले लेख्नुभएको हो भने  दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान निर्माता र सहनिर्माता प्रवीणकुमार तामाङ रहनुभएको छ ।  यस चलचित्रमा अमिर दोङ, सुष्मा थिङ, सजिना लोप्चन, कुइसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईंसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङलगायतले अभिनय गर्नुभएको छ ।