• ८ वैशाख २०८१, शनिबार

‘छाडी जान्या सुवा’ को भिडियो तयार

blog

हुम्ला, साउन १७ गते । ‘छाडी जान्या सुवा’ गीतको म्युजिक भिडियो तयार भएको छ । म्युजिक भिडियोमा हुम्लाका स्थानीयले अभिनय गरेका छन् । उनीहरूले यहाँका अविवाहित युवतीले लगाउने दौडा लगाएर अभिनय गरेका हुन् । भिडियोमा अभिनय गर्नुभएका नरजन तामाङले युवकयुवतीले देउडा गाउँदै वनपाखामा माया प्रीति लाउने, पछि त्यो माया प्रीति विवाहमा परिणत हुने विषय भिडियोमा समेटिएको बताउनुभयो । 

अदानसिंह बोहराको शब्द, भुवन दाहाल र गौरी भट्टको स्वर रहेको गीतको भिडियोमा तामाङसहित शान्ति सुनार, विमला शर्मा, राकेश आरसी, परबहादुर थापा र मोहनसिंह बुढाको अभिनय रहेको छ । यसको निर्देशन पदमराज हमाल र महेश थापा तथा सहनिर्देशकमा कालीबहादुर थापाले गर्नुभएको हो ।