• १६ चैत २०८०, शुक्रबार

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

blog

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको संवैधानिक परिषद् बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, साउन १६ गते । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक  मङ्गलबार अपराह्न ४ः३० बजेदेखि सुरु भएको हो । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसबारे छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जानुहुने भएकाले नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागेको हो ।

संवैधानिक व्यवस्था अनुसार असार १९ गते नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बस्न ढिला भएको हो ।

संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।