• १३ वैशाख २०८१, बिहिबार

‘कलियुगकी राधा’ सार्वजनिक

blog

काठमाडौँ, साउन १४ गते । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै प्रस्तुत गरिएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौँ क्लबमा समेत पर्न सफल भएका छन् ।