• ८ वैशाख २०८१, शनिबार

अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता

blog

फाइल तस्बिर

ब्रिस्बेन, १३ साउन (रासस/एपी) । सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ । 

प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ । 

क्विन्सल्याण्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकप्टरका धेरै भग्नावशेष फेला पारेको तथा चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् । 

क्विन्सल्याण्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका तीस हजारभन्दा बढी सैनिक सहभागी छन् । शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ ।