• १६ चैत २०८०, शुक्रबार

साताका सात तस्बिर

blog

प्रहरीले विभिन्न समयमा बरामद गरेका आठ हजार ८९६ थान हातहतियार बिहीबार नष्ट गरिँदै । तस्बिर : नेपला प्रहरी

रोल्पा त्रिवेणी–३ बल्लेजुरबाट देखिने सल्यान कपुरकोट गाउँपालिका–६ स्थित छायाँनाथ गाउँ र सुन्दर फाँट । तस्बिरः कुलदीप न्यौपाने/रासस

आइतबार अपराह्न काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोस्सामा आएको बाढीमा एक बालक बगाएको ठाउँ। सामाखुसी घर भएर पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका हुन।  उनको खोजी कार्य जारी छ । तस्बिर : कविन अधिकारी 

घोराही उपमहानगरपालिका वडा नम्बर ३ को भैंसी बगाउने खोला नजिक घोराही तर्फआउदै गरेको ट्रक उकालोमा टायर पञ्चर भएर रोक्ने क्रममा ब्रेकफेल भएर सडकबाट तल खोल्सामा खसेको छ । जिल्लाको कृष्णसेन इच्छुक मार्ग अन्तरगत लमही–घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार करिब १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई जना घाइते भएका हुन् । तस्बिरः सुशीला ओली/रासस

२०७२ सालको गोर्खा भूकम्प पूर्णरुपमा क्षतिभएकोे वसन्तपुर दरबार क्षेत्रस्थितमा जुदेगःमन्दिरको पुननिर्माणका क्रममा परम्परागत झिँगटीले छाना छाउँदै कामदार । यस क्षेत्रका सम्पदाको पुननिर्माण कार्यअन्तिम चरणमा पुगेको छ । तस्बिर : सुजन गुरुङ

बगलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस


ललितपुरको ग्वार्को चोकमा निर्माणका क्रममा रहेको फ्लाइओभर । मुख्य लेनबन्द गरेर सुरु गरिएको काम डिजाइनमा समस्या देखिएपछि तत्कालको लागि रोकिएको छ । यसले गर्दा चक्रपथ सडकखण्डमध्ये व्यस्त ग्वार्को चोकमा सवारी जाम भने बढ्दै छ । तस्बिर : सुजन गुरुङ