• १६ चैत २०८०, शुक्रबार

महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : छ जनाको मृत्यु, २१ घाइते

blog

बुलढाना (महाराष्ट्र), साउन १३ गते । शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै  र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र  नागपुरबाट नासिकातर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।  रासस/एएनआई