• ८ वैशाख २०८१, शनिबार

वरिष्ठ लोकगायक सम्मानित

blog

काठमाडौँ, साउन १३ गते । नेपाली लोकसङ्गीतकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७० औँ  जन्मजयन्तीका अवसरमा लोकवाद्यवादन अन्तर्गत मादल वादक तथा लोकसङ्गीतका वरिष्ठ लोकगायक खर्कबहादुर बुढा मगरलाई शोभा अर्जुन सङ्गीत छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ । 

कार्यक्रममा ललितकला क्याम्पसका ललितकला विभागीय प्रमुख डा. धुर्वेशचन्द्र रेग्मीले प्राध्यापक तथा गायिका तिवारीको स्मरण गर्दै प्राध्यापनका क्रममा गरिएका उहाँसँगका सहकार्य तथा उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । त्यसै गरी ललितकला क्याम्पसका क्याम्पस प्रमुख प्राडा रमेश पोखरेलले कोषले गरेको कार्य सराहनीय भएको र आगामी वर्षमा ललितकला क्याम्पसले पनि सहकार्य गर्ने सोच रहेको बताउनुभयो । 

कार्यक्रममा सम्मानित खर्कबहादुर बुढा मगर तथा उहाँको टोलीले सल्यानको विभिन्न भाकामा मादल वादन प्रस्तुत गर्नुभएको थियो । ललितकला क्याम्पसका प्रमुख प्राडा रमेश पोखरेल, प्राध्यापक तथा सङ्गीत विभाग प्रमुख पर्शुराम पौडेल, ललितकला विभागीय प्रमुख डा. धुर्वेशचन्द्र रेग्मी, प्राडा पार्वती घिमिरे, ऋचा शर्मा तिवारीलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।