मानसिक स्वास्थ्यबारे सजगता जरुरी

som raj pokhrelसोमराज पोखरेल

 


भूकम्प गइसकेपछि मानिसमा पर्न सक्ने असरलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोसामाजिक परामर्शसम्बन्धी एउटा बैठक ग¥यो । वैशाख १२ गते महाभूकम्प गयो । वैशाख २३ गते बसेको बैठकले भूकम्पले असर पु¥याएका जिल्लाहरूमा मनोसामाजिक परामर्शसम्बन्धी विभिन्न कार्यको व्यवस्थापन गर्न छ सदस्यीय मूल व्यवस्थापन समिति गठन ग¥यो । यो समितिको कार्यक्षेत्र ‘मानसिक स्वास्थ्यमा काम गर्ने सम्पूर्ण संघ–संस्था र व्यक्तिहरूसँग समन्वय गरी भूकम्पमा घाइते भएका र अन्य पीडितको मानसिक स्वास्थ्यमा गर्नुपर्ने आवश्यक कार्यहरू तय गरी मन्त्रालय समक्ष सिफारिस गर्ने र समन्वय गर्ने तोकियो ।
वैशाख २३ गतेपछि दुई पटकमात्र बैठक बसेको छ । त्यसपछि कुनै पनि काम अगाडि बढेको बारे जानकारी नभएको समितिका सदस्य त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभागका प्रमुख डा. सरोजप्रसाद ओझाको भनाइ छ । यहाँ उठान गर्न खोजिएको विषय के हो भने सरकारले अहिलेसम्म मानसिक स्वास्थ्यलाई गम्भीर रूपले लिएकै छैन । डा. ओझा भन्नुहुन्छ– अन्तर्राष्ट्रिय दबाब आएपछि मात्र यो समितिको गठन भएको हो । त्यही दबाबले नै दुई पटक बैठक बस्यो ।
भूकम्पपछि पीडित जोसुकैलाई पनि सम्हालिन समय लाग्छ । मनोसामाजिक अवस्था नै यसरी बिग्रिएको छ कि यसले सहजै पार पाउने देखिंदैन । भूकम्पको कम्पनसँगै शरीरमा उत्पन्न भएको नकारात्मक कम्पन कम गर्न इच्छाशक्तिले हदैसम्म काम गरेको हुन्छ । यसो भन्दैमा पीडितले नै आफूलाई सम्हाल्नुपर्छ भन्ने चाहिं कदापि होइन । यसमा राज्यको भूमिका महŒवपूर्ण हुन्छ । यसप्रति सरकार गम्भीर हुनु जरूरी छ ।
भूकम्पपछि घाइते भएकाहरूको उपचारका लागि स्वास्थ्य मन्त्रालयको समन्वयमा अन्तर्राष्ट्रिय टोलीमात्र १२७ वटा थिए । तीमध्ये अधिकांश आफ्नो भूमिका निर्वाह गरी फर्किएका छन् । अहिलेसम्म जति पनि उपचार भएको छ, त्यो प्रारम्भिक चरणको उपचार हो तर मानसिक स्वास्थ्य दीर्घकालीन हुनसक्छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समिति झाराटार्ने किसिमको हुनुहुँदैन । अधिकभन्दा अधिकलाई मनोसामाजिक परामर्शको प्रशिक्षण दिएर तिनीहरू मार्फत पीडितलाई सघाउनुपर्छ ।
भूकम्प गइसकेपछि जनरल फिजिसियन, बालरोग तथा स्त्री रोग विशेषज्ञ डा. रवीन्द्र पाण्डे काठमाडौं उपत्यकासहित धादिङ र नुवाकोट पुगेर एकल प्रयासमा बिरामीहरूको निःशुल्क उपचार गरिरहनुभएको छ । त्यससँगै उहाँले निःशुल्क औषधि पनि वितरण गरिरहनुभएको छ । तीन हजार ३०० भन्दा बढीको उपचार गरिसकेका डा. पाण्डेका अनुसार ७५ प्रतिशतभन्दा बढी बिरामीमा मानसिक रोगका लक्षण देखिएका छन् । भूकम्पको त्रासले नै उनीहरूको सातो लिएको छ । अर्थात् तिनीहरूमा मनोसामाजिक समस्या देखिएको छ ।
मनोरोग विशेषज्ञ डा. सरोजप्रसाद ओझा भन्नुहुन्छ– ‘मनोवैज्ञानिक रूपमा तनाब लिनु सही छ तर अत्यधिक भयो भने त्यसले नकारात्मक असर गर्छ । ’ हुन पनि भूकम्प प्राकृतिक विपत्ति हो । यसले निम्त्याएको तनाब सही छ । यसमा हामी सबै सचेत भएर तयारी अवस्थामा बस्न सकियो भने यसले कुनै असर गर्न पाउँदैन । डा. ओझाका अनुसार बिरामीको प्रकृति हेर्दै जाँदा तनाब कम हुँदै आएको छ । हो, अब विस्तारै दैनिकीतर्फ फर्कनुपर्छ । खानपिनमा ध्यान दिनुप¥यो । शरीरलाई चाहिने आराम महŒवपूर्ण हुन्छ । सही समयमा सुत्नुप¥यो । अनि तनाब घटाउन योग पनि गर्न सकिन्छ । जस्तो कि भस्त्रिका, अनुलोम विलोम तथा भ्रामरीजस्ता प्राणायामले तनाब कममात्र गर्दैनन् शरीरमा पहिलेदेखि भएका विकारलाई पनि कम गराउँदै लान्छन् । भनिन्छ– ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् योगले मनमा भएका विकारलाई हटाउँछ ।
यहाँनेर सरकारले भूकम्प पीडितका लागि तत्काल मनोसामाजिक परामर्श दिन विशेष कार्यक्रम ल्याउनु जरुरी छ । पीडितलाई दैनिक जीवनमा फर्काउन ‘सादा जीवन उच्च विचार’ को सिद्धान्त अवलम्बन गर्नुपर्ने देखिन्छ । हुनत विभिन्न जिल्लामा पीडितहरू खेती भिœयाउने र मेलापात जाने गर्न थालिसकेका छन् । यसले पनि पीडा विस्तारै भुल्दै गएको संकेत दिन्छ तर जसमा बिरामीको लक्षण भेटिएको छ, तिनीहरूको बेलैमा उचित उपचार गर्नुपर्छ ।
सरकारले यही जेठ १७ गतेदेखि विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको छ । निर्णय अनुसार विद्यार्थीलाई एक हप्तासम्म परामर्श दिइने छ तर कस्तो किसिमको परामर्श दिने भनी शिक्षकहरूलाई तालिम दिने काम हुनसकेको छैन । शिक्षकले विशेष किसिमको तालीम नपाएसम्म उनीहरू योग्य हुने छैनन् । यतिबेला ती शिक्षकलाई पनि परामर्शको आवश्यकता छ । पहिले शिक्षकहरूलाई सम्झाउन सकिएमात्र उनीहरूले विद्यार्थीलाई सिकाउने छन् ।
भूकम्प जानु अगाडिदेखि नै नेपालमा मानसिक रोगीको संख्या बढ्दो छ । विभिन्न सामाजिक समस्याले गर्दा मानसिक रोगी बढ्ने क्रमले तीव्रता पाएको हो । त्यतातर्फ सरकारले ध्यानदिन सकेको छैन । स्वास्थ्यमा जति लगानी सरकारले गर्छ त्यसको नगन्य प्रतिशतमात्र मानसिक रोगका लागि छुट्याइनुले सरकार यो रोगबारे संवेदनशील छैन भन्ने देखापर्छ । यतिबेला सरकारले पनि यो रोगको गम्भीरताका बारेमा बुझेको हुनुपर्छ । तसर्थ सरकारले मानसिक रोगका बारेमा सजग भएर जनसेवा दिन ढिला गर्नुहुँदैन । सरकारले यसै क्षेत्रमा काम गर्ने संस्थाहरूलाई पनि साथ लिएर जानुपर्छ । विज्ञहरू साथ भएमात्र यसले सार्थकता पाउने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना