संविधान नबनेसम्म सरकारमा नजाने प्रचण्डको प्रतिवद्धता

Prachanda 11
काठमाडौ मंसिर २८ गते । एमाओवादीको आज बसेको बैठकमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संविधान निर्माण र पार्टीको भावी कार्ययोजनाबारे प्रस्ताव पेश गर्दै संविधान नबन्दासम्म कुनै पनि हालतमा सरकारमा जान नहुने बताउनुभएको बताइएको छ । ‘‘अहिले सरकारमा गए पनि संविधान बनाउन सम्भव छैन,” बैठकमा अध्यक्षले राख्नुभएको धारणा उद्धृत गर्दै केन्द्रीय सदस्य प्रकाश पोखरेलले भन्नुभयो, ‘‘त्यसैले माघ ८ पछि पनि अहिलेकै सरकारलाई निरन्तरता दिएर पार्टीलाई पूरै संविधान निर्माणमा केन्द्रित गर्नुपर्छ ।”
उहाँले संविधान निर्माणको लागि सडक र सदनबाट दबाब सिर्जना गर्न आगामी एक महिना देशभर पार्टीको आन्तरिक प्रशिक्षण आयोजना गर्ने कार्यक्रम प्रस्ताव तयार गर्नुभएको छ । संविधान जारी गर्ने मिति निर्धारण गरिएको माघ ८ गतेको वरिपरि देशभर जनप्रदर्शन गर्नुपर्ने उहाँको योजना छ । प्रतिवेदनमा उहाँले देश गम्भिर स्थितिमा पुगेको र अब माओवादी नेताहरु एकजुट नभए अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने कुरा राख्नुभएको छ । प्रतिवेदनमा नेकपा–माओवादीसँग एकता तथा संयुक्त मोर्चाहरुको पहिचालनबारेमा पनि उल्लेख गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना