दुई घण्टामा तयार हुने घर

low cost house-radha
राधा चालिसे
काठमाडौं, जेठ १० गते । भूकम्पले घर भत्केकाहरु यतिवेला कसरी छिटोभन्दा छिटो सरल र सुलभ घर बनाउन सकिन्छ भन्ने खोजीमा छन् । यस्तो अवस्थामा करीब १ देखि २ घण्टा भित्रमा नै टिकाउ र सुविधासम्पन्न घर बनाउन सकिने जानकारीले जो सुकैलाई सन्तोष दिन सक्छ ।
पुल्चोकस्थित नेपाल इञ्जिनियरिङ कलेज परिषरमा ग्रीन ट्रि डेभलपर्स प्रालिले कम्तीमा २ घण्टामा नै बनाउन सकिने यस्ता घरका नमूना प्रदर्शन गरिरहेको छ ।
मङ्गोलियन योर्ट नाम दिएको यस्तो घर यस अघि ततोपानी क्षेत्रमा रिसोर्टका लागि र ललितपुरको सानेपामा एनिमल नेपालको कार्यालयको लागि निर्माण गरिसकेको आर्टिटेक्ट नम्रता महर्जनले जानकारी दिनुभयो । २१५ वर्ग फिटको यस्तो घर बनाउन करीब ६ लाख रुपैयाँ लाग्ने उहाँको भनाइ छ ।
यस्ता घर कार्यालय, विद्यालय, स्वास्थ्य चौकि वा ब्यक्तिगत घरको प्रयोजनको लागि पनि निर्माण गर्न सकिने उहाँले बताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना