• ४ वैशाख २०८१, मङ्गलबार

कांग्रेस बैठकमा सहरी विकास मन्त्रालयको गतिविधिबारे जानकारी

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शहरी विकास मन्त्री सीता गुरुङ

काठमाडौं, साउन ८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री सीता गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको छ । 

सानेपास्थित बिपी स्मृति भवन पार्टी केन्द्रीय कार्यालयमा साउन २ गतेदेखि जारी बैठकमा उहाँले गत चैत १७ गते उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारको नेतृत्वमा गएको भन्नुहुँदै विकास र पूर्वाधार निर्माणसँग सम्बन्धित धेरै गुनासो र माग आएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “हामीले के टेवा पुर्याउन सक्छौँ भन्ने मुख्य उद्देश्यका साथ दुईवटै विषय अगाडि विकास र पूर्वाधार निर्माणसँग जोडिने विषय भएको कारणले धेरै गुनासो। माग आएका थिए । छोटो समयमा सम्बोधन गर्न केही अप्ठ्यारो पनि थियो । सङ्घीय मामिलाअन्तर्गत रहेको तर त्यसको टुङ्गोमा नपुगेको कारणले सम्बोधन गर्न केही अप्ठ्यारो पनि थियो ।”

उहाँले यसअघि मन्त्रालयको भौतिक प्रगति १८ प्रतिशत रहेको अवस्थामा चालु आर्थिक वर्षमा ५८ प्रतिशत प्रगति भएको बताउनुभयो । आर्थिक वर्ष २०७९-८० मा ७६ अर्ब ४३ करोड ९२ लाख रुपियाँ बजेट विनियोजन भएकोमा आर्थिक वर्ष २०८०-८१ मा ६६ अर्ब १७ करोड अर्थात् पहिलेभन्दा कम बजेट विनियोजन हुँदा आर्थिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बजेटको सीमितताका कारण धेरै माग रहेका कारण १५ हजार योजनाको माग दर्ता भएका छन् । बजेटको कुरा विगतको भन्दा दश अर्ब नै कम भएको कारणले दायित्व सिर्जना भएको परिस्थितिमा एउटा पनि योजना थप्न नसकिने छ ।”