• ८ वैशाख २०८१, शनिबार

जनताका दैनिक समस्याको सम्बोधन हुनुपर्छ : नेता सिटौला

blog

पार्टी केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा धारणा राख्नुहुँदै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ।

काठमाडौं, साउन ८ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका दैनिक समस्याको विषयमा प्रस्ताव आउनुपर्ने बताउनुभयो । सानेपास्थित बिपी स्मृति भवन पार्टी केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

नेता सिटौलाले भन्नुभयो, “नेपाली कांग्रेसको बैठक बसिरहेको छ, जनतालाई के दिन खोजिरहेको छ । जनताका दैनिक समस्याको सम्बोधन गरेर एउटा प्रस्ताव आओस् । जनताले खोजेको विषयमा कांग्रेस के चाहन्छ त्यसको प्रस्ताव आओस् ।”

उहाँले किसान र श्रमजीवीको विषयलाई कांग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधानले मौलिक अधिकारको रूपमा हामीले जनतालाई जे दिन्छौँ भनेर स्वास्थ्य उपचारको हकको बारेमा, किसानको आजको जुन समस्या छ । चीनबाट मल आयो नाकामा अड्केको छ यस्तो विषयमा, श्रमिकको ज्याला बढाउने कुरामा सकस भइरहेको छ । श्रमिकको ज्याला बढ्नुपर्छ भन्ने प्रस्ताव हाम्रो जाओस् ।”

उहाँले देशभित्र र बाहिर रहेका सबै श्रमिकको विषयमा सम्बोधन हुनुपर्ने बताउनुभयो ।