• ११ वैशाख २०८१, मङ्गलबार

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाइजेरियाका पूर्वराष्ट्रपतिको भेट

blog

काठमाडौँ,  साउन  ८ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुग्नुभएका अध्यक्ष ओलीले हिजो उहाँसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको ओलीको सचिवालयले जनाएको छ । श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुग्नुभएको हो । 


यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुग्नुभएका  भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गर्नुभएको थियो । 

यही साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया जानुभएका उहाँ आज स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल त्यसतर्फ जानुभएको थियो   रासस