• ७ वैशाख २०८१, शुक्रबार

आर्थिक गतिविधिमा सुधार आउँछः अर्थमन्त्री डा. महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत बुटवलमा पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर: छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, साउन ८ गते । अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताउनुभएको छ । उहाँले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै विगतको जस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेकोले अब देशमा आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । 

अर्थमन्त्री डा. महतले तत्कालका लागि श्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउनेबित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।