• १६ चैत २०८०, शुक्रबार

भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

blog

काठमाडौं, साउन ७ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधिका लागि अहिले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

भारतले टस जितेर पहिले फिल्डिङ रोजेको हो । पाकिस्तान ‘ए’ ले घरेलु टोली श्रीलङ्का ‘ए’ लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले बङ्गलादेश ‘ए’ लाई ५१ रनले हराउँदै पाकिस्तानसँगको भिडन्त पक्का गरेको थियो ।

भारत अपराजित रहँदै उपाधि चुम्ने लक्ष्यमा छ । यता समूह चरणमा हार खेपेको पाकिस्तान भारतसँग बदला लिँदै उपाधि हत्याउने दाउमा छ । पाकिस्तान चौथो पटक र भारत तेस्रो पटक इमर्जिङ कपको फाइनल खेलिरहेका छन् । यस प्रतियोगितामा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो । 

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रूपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् । 

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एजेन्सी