• १२ वैशाख २०८१, बुधबार

गजल

blog

बिस्कुट धुल्याएर फेरि पिठो बनाउनु छ 

स्वाद सुरुदेखि नै मिठो बनाउनु छ ।


गोधूलीमा पुगेर घाम यसो सोच्दो हो

एकाबिहानै आफूलाई ठिटो बनाउनु छ ।


काम गर्नै छाड्यो अब निर्यातित साबुन

आफ्नै बारीमा तयार रिठो बनाउनु छ ।


बन्छ यो मुलुक साँच्चै समृद्ध बन्छ,

गति निकै कम भयो छिटो बनाउनु छ ।


उत्तरार्धमा पुग्दा छोराछोरीले यसो सोचिदिउन

बाआमा बुढा भए खानामा लिटो बनाउनु छ ।