• ८ वैशाख २०८१, शनिबार

शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा

blog

शिवराज अस्पतालमा प्रसुति सेवाको शुभारम्भ गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन ५ गते । कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ । नगरपालिकाका हरेक घरमा प्रसुति शुुन्य गराई गर्भवती आमा र शिशु मृत्युदर न्यून गर्न प्रसुति सेवा सञ्चालन गरिएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो । 

आधारभूत अस्पतालमा सेवा थप भएपछि पालिकामा प्रसुति सेवा सञ्चालन हुने छैँठो संस्था बनेको छ । यस अगाडी शिवपुर, विरपुर, चनई, थुन्हिया, शिवगडी स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन रहेको नगर उप-प्रमुख शिवकुमारी थारुले बताउनुभयो । अस्पतालमा ४ वेडको उत्तर प्रसुति कक्ष र २ वेडको पूर्व प्रसुति कक्ष रहेको अस्पतालका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । 

अस्पताल सञ्चालनका लागि पालिकाले २ मेडिकल अफिसर, १ रेडियो ग्राफर सहित ७ जना स्वास्थ्यकर्मीको दरवन्दी थप गरेको छ । स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पालिकाले आन्तरिक आम्दानीबाट बजेट विनियोजन गरेको छ । 

आधारभूत अस्पतालमा ओपिडी सेवा, मुटुको जाँच गर्न इसिजी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, प्रयोगशालासेवा समेत सञ्चालनमा रहेको छ । अस्पतालले एक महिनाभित्र सुरक्षित गर्भपतन सेवा समेत सुचारु गर्ने तयारी गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेका वडा नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनुभयो ।