• १६ चैत २०८०, शुक्रबार

धनकुटामा नगरकार्यपालिका सदस्यलाई समेत बजेट

blog

कबिराज घिमिरे 

हिले, साउन ५ गते । संसद विकास कोषकै झल्को दिने गरि धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि समेत रकम विनियोजन गरेको छ । धनकुटा नगरपालिकाले प्रत्येक नगरकार्यपालिका सदस्यहरुलाई तीन लाख ५० हजार रुपियाँ आफ्नो मातहतबाट खर्च गर्नेगरी रकम विनियोजन गरेको हो । 

नगरमा रहेका नगरकार्यपालिका सदस्यले आफू मार्फत् पिभिन्न क्षेत्रमा खर्च गर्न पाउने गरी सो रकम नगरकार्यपालिका सदस्यलाई दिएको हो । कार्यपालिकाले जुनसुकै वडामा पनि आवश्यक्ता अनुसार पुर्वाधार तथा प्रविधिको क्षेत्रमा खर्च गर्न सक्ने नगरपालिकाले जनाएको छ । उनीहरुले उक्त कार्यक्रम वडाबाट पेस गरी गर्नुपर्ने नगरपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो। 

धनकुटा नगरपालिकामा कुल ८ नगरकार्यपालिका सदस्य रहेका छन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन लाखको दरले अधिकार दिएको थियो यो वर्ष भने ५० हजार बढाएर ३ लाख ५० हजार पुर्याइएको हो । 

चालु आर्थिक वर्षको लागि धनकुटा नगरपालिकाले ७५ करोड ६४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । धनकुटा नगरपालिकाले यो वर्ष साउन २ गते मात्र बजेट ल्याएको थियो ।