• ५ वैशाख २०८१, बुधबार

जसपाले फेर्‍यो झन्डा र लोगो

blog

काठमाडौँ, साउन ५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झन्डा फेर्नुपर्ने माग राखेका थिए । यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । त्यस्तै यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । 

जसअनुसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।