• १६ चैत २०८०, शुक्रबार

एमालेको कार्यवाहक अध्यक्षमा पोखरेल

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भ्रमणमा जानुअघि पार्टीका नेताहरुसँग ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३ गते । नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली साउन १ गतेदेखि ८ गतेसम्म कम्बोडिया भ्रमणमा रहनुभएकाले पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिनुभएको हो ।  

यसैगरी अध्यक्ष ओलीले संसदीय दलको नेताको कार्यवाहकको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिनुभएको नेता भट्टराईले बताउनुभयो । डा. भट्टराईले भन्नुभयो, “कम्बोडियाको चुनावको सन्दर्भमा निर्वाचनको परीक्षण गर्न कम्बोडियाको निर्वाचन आयोगले निमन्त्रण गरेर अध्यक्षज्यू जानुभएको हो । पार्टीको कार्यबाहक अध्यक्ष ईश्वर पोखरेल र संसदीय दलको जिम्मा सुवास नेम्वाङलाई दिनुभएको छ ।”

अध्यक्ष ओली भ्रमण सक्काएर साउन ८ गते स्वदेश फर्किनुहुने पनि भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष ओलीसँग श्रीमती राधिका शाक्य, विष्णु रिमाल, राजेश बज्राचार्य, दिनेश भण्डारीलगायत भ्रमणमा जानुभएको छ ।