• १६ चैत २०८०, शुक्रबार

सुनको मूल्य बढ्यो

blog

काठमाडौं, साउन ३ गते । बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज तोलामा छ सय रुपियाँले बढेर एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपियाँ कायम भएको छ । मङ्गलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपियाँले बढेको हो ।