• १२ वैशाख २०८१, बुधबार

थापाको तस्बीर पुस्तक ‘पञ्चकोशी दैलेख’

blog

काठमाडौँ, साउन ३ गते । फोटोपत्रकार भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्बीर पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा थापाले खिच्नु दैलेख जिल्लामा अवस्थित पञ्चकोशी तिर्थ स्थल र दुल्लु नगरपालिकालाई केन्द्रित गरेर दैलेख जिल्ला भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ ।

ऐतिहासिक तथा धार्मिकका साथै कला र सस्कृतिको हिसाबले धनी रहेको भन्दै दैलेख जिल्लाका दुल्लु नगरपालिका क्षेत्रभित्रका प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्वीरहरु समावेश रहेको संग्रहले दैलेख जिल्लाका साथै पञ्चकोशी क्षेत्रको पर्यटन, प्रवर्धन र विकासमा सहयोग पुर्याउने लेखक तथा फोटोपत्रकार थापाले बताउनुभयो ।

थापाले भने पुस्तक तयार गर्न विगत तिनबर्ष देखि लागेको बताउनुभयो । पत्रकार थापाले यसअधि वाइल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट, कणार्ली, गन्तब्य मध्यपुर , तस्बिरमा नेपाल, वाईल्ड वेष्ट नेपाल सातवटा पुस्तक सार्वजनिक गरिसक्नुभयो ।