• १६ चैत २०८०, शुक्रबार

मेडिकल कलेज हाजिरी जवाफमा बीपी प्रतिष्ठान विजयी

blog

अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा विजयी टिम ।

निशा राई 

धरान, साउन २ गते। राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बीपी प्रतिष्ठानको टिम विजयी भएको छ।  त्यसैगरी नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस काठमाडौं दोस्रो र नोबेल मेडिकल कलेज विराटनगरले तेस्रो स्थान हासिल गरेको छ। 

प्रतिष्ठानका परीक्षा डीन प्रा.डा.कृष्णा पोखरेलले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो।  उक्त प्रतियोगिता बिपी प्रतिष्ठान, बिपी प्रतिष्ठान ब्लड डोनेट कमिटी र विद्यार्थी कल्याण समाजको सहकार्यमा आयोजना गरेको थियो। 

प्रतियोगिताको चौथो संस्करणमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, इन्स्टिच्यूट अफ मेडिसिन, महाराजगन्ज, काठमाडौं, मनिपाल कलेज अफ मेडिकल साइन्सेस, पोखरा, नोबेल मेडिकल कलेज, विराटनगर, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा,  विराट मेडिकल कलेज, विराटनगर, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, काठमाडौं गरी ७ वटा मेडिकल कलेजका स्नातक तहमा अध्ययनरत तथा इन्टर्न डाक्टरको ११ वटा टोलीको सहभागिता रहेको थियो।