• ७ वैशाख २०८१, शुक्रबार

नयाँ तीज गीत 'यो तीजको लहर हो' सार्वजनिक

blog

काठमाडौं, साउन २ गते । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा 'यो तीजको लहर हो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

यस गीतमा दुई चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ ।  

डी.पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत छ भने गीतलाई देवेश राईले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा स्मारिका ढकाल,  दीपा शाही, सुशीला थापा, आभा थापा र बिना राउतलगायत कलाकारको अभिनय छ । 

अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो । नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई नोभिस आर्टसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।