• १६ चैत २०८०, शुक्रबार

उच्च अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

blog

उच्च अदालत पाटन, हेटौँडा इजलास । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, साउन १ गते । उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ ।

अदालतका सूचना अधिकारी केशव ढुङ्गानाले उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यको आधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो ।

उहाँले आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएकोमध्ये ३० थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको भन्दै गत आवबाट चालु आव २०८०/८१ का लागि ४२९ थान मुद्दा जिम्मेवारी सरेर आएको बताउनुभयो ।

अदालतमा दुई वर्ष नाघेका मुद्दाको अवस्था शून्य र १८ महिना कटेका मुद्दा एउटा मात्र रहेको छ । हेटौँडा इजलासका अनुसार आव २०७९/८० मा जिम्मेवारी सरेर आएको ५४५ र आव २०७९/८० मा दर्ता भएका एक हजार १९६ सहित एक हजार ७४१ थान मुद्दा रहेकोमा ७५.३६ प्रतिशत अर्थात् एक हजार ३१२ वटा मुद्दा फर्छ्यौट भएको छ । 

उहाँले आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएकोमध्ये ३० थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको भन्दै गत आवबाट चालु आव २०८०/८१ का लागि ४२९ थान मुद्दा जिम्मेवारी सरेर आएको बताउनुभयो ।