नीलो पानीमा ¥याफ्टिङ सलल

 चक्र कार्की

पहाडको खोँचबाट सुसेल्दै झरेर सलल्ल बगेका नीला नदीमा ¥याफ्टिङ गर्दाको मज्जा बेग्लै हुन्छ । नीला नदीमा डुङ्गामा चढेर सयर गर्दा कसको मन नरमाउला । धारिला नदीमा ¥याफ्टिङको मज्जा लिने रहर भए कहा“ र कुन नदीमा ¥याफ्टिङका लागि जाने भन्ने निधो गर्नुस्, सेवा प्रदान गर्न यस्ता व्यावसायिक संस्थाहरू प्रशस्तै खुलिसकेका छन् । हेर्दा कहालिलाग्ने नीलो पानीमा डुङ्गा चढेर सयर गर्दाको मज्जालाई बयान गर्ने नभई आफैँले अनुभव गर्ने हो ।
¥याफ्टिङका लागि नेपालका नदीहरू आकर्षक मानिन्छन् । त्रिशूली, सेती, कालीगण्डकी, तमोर, मौवाखोला, सुनकोसी र भोटेकोसीमा ¥याफ्टिङको मज्जा लिन चाहनेहरूलाई सेवा प्रदान गर्न व्यावसायिक कम्पनीहरू हाजिर छन् । पदयात्रा गर्नलाई अल्छी लाग्छ र ‘आउटडोर’ क्रियाकलापमा रमाइलो गर्न मन लाग्छ भने ¥याफ्टिङलाई रोज्दा हुन्छ । ¥याफ्टिङले पक्कै पनि अनौठो र रोमाञ्चक अनुभव दिलाउँछ । त्यस्तो अनुभूति लिनलाई राजधानीबाट सय किलोमिटरको यात्रामै पुग्न सकिन्छ । भोटेकोसीमा ¥याफ्टिङ गर्ने रहर मनभरि बोकेर जाने हो भने आउनुस् जाउ“ । ¥याफ्टिङ गर्नलाई पौडीमा पोख्त हुनु जरुरी छैन, केबल आ“ट भए पुग्छ । भोटेकोसी ¥याफ्टिङका लागि एसियाकै उत्कृष्ट मानिन्छ । पछिल्लो समयमा स्वदेशी हुन् वा विदेशी, यो नदीमा सलल्ल बग्ने रहरले ओइरो लाग्नेको सङ्ख्या अत्यधिक छ । वाइट रिभर ¥याफ्टिङमा नेपाल संसारकै उत्कृष्ट गन्तव्य हो । जलक्रिडा गर्न चाहनेहरूलाई अनुपम प्राकृतिक छटा र सुन्दर स्थानीय जीवनशैलीको मनोरम दृश्यले मनै लोभ्याउ“छ ।rafting
¥याफ्टिङ गर्ने उपयुक्त मौसम अक्टोबर र नोभेम्बर तथा अप्रिल र मे महिना सबैभन्दा राम्रो हो । अक्टोबर–नोभेम्बरमा वर्षा रोकिएको र नदीको बैँस पनि कलकलाउ“दो हुने भएकाले आकर्षक देखिन्छ । यता, चैत वैशाखको गर्मीले हपक्कै पारेको बेला नदीमा डुबुल्की मार्नुको आनन्द बेग्लै हुन्छ । पदयात्राजस्तै ¥याफ्टिङ गर्ने सिजन पनि सँगस“गै सुरु हुन्छ । कतिपय विदेशी पर्यटकहरू एकै मेसोमा सबै साहसिक खेल सकेर फर्किने हिसाबले पनि आएका हुन्छन् ।

¥याफ्टिङ प्रारम्भ हुने स्थान
अपरमा भोटेकोसीमा तिब्बतियन हाइवेनजिकै, झिर्पु वा बसेरीबाट ¥याफ्टिङका लागि पाइडल मार्न थालिन्छ । डुङ्गामा सलल्ल बग्दै घागी (छाल) सँग उफ्रिँदै नदीको बहावस“गै झरिन्छ । बाह्रबिसे, लामासा“घु, ग्रेटवाल, बारकिङ्ड, (छालको नाम) पार गर्दै लामासा“घुको लामो छालमा आएर माथिल्लो भोटेकोसीको ¥याफ्टिङ सकिन्छ । लामासा“घुको ड्याम्पछेउबाट सुरु भएर सुकुटे वा दोलालघाटमा आएर तल्लो भोटेकोसीको ¥याफ्टिङ टुङ्गिन्छ ।

कति दिनकोे ट्रिप ?
तल्लो भोटेकोसी र माथिल्लो भोटेकोसी गरी ¥याफ्टिङका लागि भोटेकोसीलाई दुई भागमा छुट्याइएको छ । पानीको छालस“ग डर लाग्दैन भने पहिलोपटक नै माथिल्लोमा जान सकिन्छ । मनमा त्रास र शङ्का छ भने पहिलो दिन तल्लोमै जाँदा हुन्छ । त्यसको मज्जा र हौसला बोकर अर्को दिन अपरमा जा“दा राम्रो हुन्छ । भोटेकोसीमा ¥याफ्टिङ दुई दिनको हुन्छ ।
उता सुनकोसी नदीमा ¥याफ्टिङ गर्न जाने हो भने त्यसको मज्जा लिँदै धरानको चतरासम्म पुग्न सकिन्छ । उदयपुर र ओखलढुङ्गाको सङ्गमस्थल हर्कपुरबाट सगरमाथा क्षेत्र र हलेसीतर्फ मोडिन सकिन्छ । गर्मी छल्न पौडीतिर लाग्नुभन्दा प्राकृतिक स्वाद लिन नदीतिर हान्निनेहरूको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरू पनि भरिभराउ हुन थालेका छन् ।

नेपालका नदीमा कहिलेबाट ¥याफ्टिङ ?
हाम्रा नदीहरूमा सन् १९६० को दशकदेखि ¥याफ्टिङ प्रारम्भ भएको हो । सन् १९५३ मा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राखेपछि उनीहरूले नदीतर्फ पनि नजर लगाएका थिए । हिमालबाट औलतर्फ आउ“दा गर्मी छल्ने मेसोमा ¥याफ्टिङको योजना बनाएका थिए भनिन्छ । सन् १९६८ मा दुईजना फ्रेन्च नागरिक नेपाल आएर सुनकोसी नदीमा पहिलोपटक ¥याफ्टिङ गरेका थिए । त्यस्तै सुनकोसी र त्रिशूली नदीमा जर्मनी नागरिक कुर्ट जोरर्गुस्टेनले ¥याफ्टिङको एक्सपोलर गरेका थिए । त्यही समयमा दुईजना अमेरिकन नागरिक तेरी र क्रिस बेकले माथिल्लो भोटेकोसीमा ¥याफ्टिङको सुरुवात गरेका थिए । नेपालस्थित अमेरिकन नियोगले नेपालका नदीहरूमा सन् १९७३देखि आफैँ ¥याफ्ट बोक्दै गएर नेपालीलाई ¥याफ्टिङ कोर्स र तरिका सिकाउ“थे । सन् १९७६ मा नेपालका नदीहरूमा व्यावसायिक ¥याफ्टिङ गर्ने पहिलो कम्पनीचाहिँ ‘हिमालयन रिभर एक्सपिडिसन’ होे । यो कम्पनीलाई एसियाकै पहिलो रिभर ¥याफ्टिङ कम्पनी मानिन्छ । यो कम्पनी अमेरिकन नागरिक माइक यागरले सुरु गरेका थिए । उनले गाइडको तालिम दिन आवेदन माग गरेपछि सयजनाको आवेदन प¥यो । पछि उनले आठजनालाई छनोट गरेर तालिम दिन थाले । त्यही समयमा त्रिशूली बजारदेखि चितवनसम्म त्रिशूली नदीमा ¥याफ्टिङ थालनी गरियो । सन् १९७५ मा मेजर बासफोर्ड स्नेलले त्रिशूलीमा ¥याफ्टिङको नेतृत्व गरेका थिए । उनको नदीको कडा छालमा ठोक्किएर नाक भा“चिएथ्यो । त्यो छालको नाम उनकै सम्झनामा ‘स्नेल नोज’ राखिएको छ । सन् ७० को दशकपछि नेपालका नदीमा व्यावसायिक जलयात्रा सुरु भएको हो । पछिल्लो पुस्ताका जल गाइडहरूको माग विदेशमा पनि बढिरहेको छ । जब कि अमेरिकनले कुनै समय आठजना नेपालीलाई तालिम दिएका थिए । दुबई, अस्ट्रेलिया, बेलायत र अमेरिकामा नेपाली गाइडहरूको माग छ र अनुभवीहरू उता गएर स्थापित भएका छन् । जलयात्राका लागि सजिला नदीहरूमा त्रिशूली र सुनकोसी हुन् भने कठिनमा माथिल्लो भोटेकोसी, मस्र्याङ्दी र कर्णाली हुन् । जलयात्रामा नदीका छाल वा बहावले आकर्षण गर्छन् जलयात्रीलाई । नेपाली जलयात्रा गाइडको सीप, दक्षता र अनुभव देखेर विदेशी महिला पर्यटक हुरुक्कै हुन्छन् । जसले गर्दा जलयात्रामा माया गा“सेर उनीहरूसँगै विदेश हुँइकिने गाइडहरू पनि प्रशस्तै छन् ।


¥याफ्टिङमा चाहिने सामग्री
¥याफ्टिङ गर्न खासगरी १६ जनाको समूह चाहिन्छ । यो पदयात्राभन्दा फरक हुन्छ । टिम बनाउन सके तपाईं जतिबेला पनि जान सक्नुहुन्छ । एउटा डुङ्गामा दसजना अटाउने क्षमता हुन्छ । ¥याफ्टिङ गर्न चाहने स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने खर्च भने फरक हुन्छ । ‘डे ट्रिप’ का लागि एकजना नेपालीले दुई हजार पाँच सय रुपियाँ तिर्नुपर्छ । त्यसैगरी विदेशीले चाहिँ एक सय बीस अमेरी डलर बुझाउनुपर्छ । यस खर्चमा विदेशीले एक रात रिसोर्टमा बिताएर अर्काे दिन माथिल्लो भोटेकोसीमा ¥याफ्टिङको मज्जा लिन पाउ“छन् । स्वदेशीका लागि भने यो रकम एक दिनको प्याकेजका लागि मात्रै हो भने एक रात एक दिनको तीन हजार पाँच सय पर्न जान्छ । सबै नदीमा ¥याफ्टिङ गर्नलाई लाग्ने खर्च हाराहारीमै आउ“छ । आठ दिनको प्याकेजको सुनकोसीमा भने विदेशीलाई छ सय पचास डलर र नेपालीलाई २० हजार पर्न आउ“छ । यो लामो ट्रिपमा नेपालीले भने खासै उत्साह नदेखाएको व्यवसायीहरू बताउ“छन् । ‘मल्टी डेज ट्रिप’ गर्न सबैले जाँगर चलाए ¥याफ्टिङको त्यो रकममा मज्जा लिन सक्नुपर्छ । नदीपिच्छे रकम फरक पर्छ ।
¥याफ्टिङको सिजन छ महिनाको हो । गर्मी मौसममा स्वदेशीले नै नदी भरिभराउ हुन्छ । महिनामा करिब पाँच हजारले ¥याफ्टिङको मज्जा लिन्छन् । वर्षमा एक लाखले डुङ्गामाथि सलल्ल बगेर आन्नद लिन्छन् । सन् १९७० देखि नेपालमा व्यावसायिक जलयात्राको प्रारम्भ भए पनि आकर्षणचाहिँ पछिल्लो समयमा आएर बढ्दो छ । सुरुमा हिमाल आरोहण गरेर आउनेहरू नै जलयात्रा गर्थे भने अहिले यो वा त्यो भन्ने छैन । समय कम हुने र प्रकृतिको अनुपम मज्जा लिनहरू नदीतर्फ हान्निहाल्छन् । यतिबेला यसकै लागि खुलेका ६५ वटा व्यावसायिक कम्पनी छन् । ती सबैले नेपालका नदीहरूमा ¥याफ्टिङ प्याकेज बेच्छन् ।
‘¥याफ्टिङ सामाजिक खेल हो भन्दा पनि हुन्छ,’ सञ्चालक इन्द्र राई भन्नुहुन्छ । परिवार, युवकयुवती र कर्पोरेटहरूको टिम भएपछि नदीमा खेल्न सकिन्छ, त्यसैले यो सामाजिक खेल हो, उहाँले भन्नुभयो । नेपालमा छ हजार नदीनाला छन् । त्यसमा १६ वटा नदीमा मात्रै ¥याफ्टिङका लागि खुला गरिएको नाराका पूर्वअध्यक्ष चन्द्रबहादुर दाहालले बताउनुभयो । पछिल्लो समय नदीको अतिक्रमण र विद्युत्का लागि ड्याम बनाउन थालेपछि ¥याफ्टिङको भविष्य सङ्कटमा पर्न थालेको छ । नेपालमा फस्टाउँदो यो पर्यटन व्यवसाय थिचिएको र ओझेलमा पर्न थालेको छ, उहाँ भन्नुहुन्छ । यसलाई सरकारले उचित ध्यान दिएर लाखौँ विदेशी पर्यटक भिœयाउन सक्ने वातावरण तयार गर्नुपर्छ । नेपाली पर्यटनको गतिलो प्याकेज जलयात्रा हो भन्नेतर्फ राज्यले ध्यान दिन आवश्यक छ ।
¥याफ्टिङ गर्नका लागि टी–सर्ट, हाफपाइन्ट, टिभा (चप्पल), फेर्ने कपडा, तौलिया, सनब्लक क्रिम, सन ह्याट, बेस बल क्याप, सानो झोला, पानीखाने बोतल र छालस“गै तस्बिर कैद गर्ने भए पानीबाट जोगिने क्यामेरा पनि आवश्यक हुन्छ । लाइफ ज्याकेट, हेल्मेट, ¥याफ्टिङ बोट, प्याडलजस्ता सम्बन्धित सामग्री कम्पनी स्वयम्ले नै उपलब्ध गराउ“छन् । नेपालमा करिब तीन सय अनुभवी रिभर गाइडहरू छन् । सिजनमा रिभर गाइडले दिनको तीन हजारसम्म कमाउँछन् । नेपाली रिभर गाइडहरू भारत, दुबई, नर्वे, स्वीडेन, अमेरिकामा अब्बल गाइड मानिन्छन् । केही वर्षअघि भोटेकोसीबाट सुरु गरेर बङ्गालको खाडीसम्म यात्रा गरेका इन्द्र राईले नदीमा के–के देखिन्छ भनेर व्याख्या गरेको सुन्न पाउनुभयो भने तपाईंमा बेग्लै ऊर्जा थपिन जान्छ । पानीमा डराउनुपर्दैन, त्यहा“ जलपरीजस्तै लाग्ने ¥याफ्टिङलाई स्कटिङ गर्न केही तैनाथ अवस्थामा पनि हुन्छन् ।
पछिल्लो समय विदेशीभन्दा स्वेदेशी युवा जमात ¥याफ्टिङमा बढी लोभिन थालेका छन् । तपाईंलाई यो गर्मी महिनाको चर्को घाममा नदीमा सलल्ल बग्ने रहर भएर पनि कसरी जाने भन्ने खुल्दुली छ भने नआत्तिनुस्, ¥याफ्टिङ कम्पनीहरू सेवा दिन हाजिर छन् । कुन नदीमा डुबुल्की मार्न जाने भन्ने पहिला निश्चित गर्नुस् र उचित सल्लाह लिएर पानीसँग रम्ने मौका नचुकाउनुस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds