• १३ वैशाख २०८१, बिहिबार

सर्प उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिम

blog

काठमाडौं, असार २८ गते । सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न विज्ञको सुझाव छ । नेपाल पक्षी संरक्षण सङ्घका अध्यक्ष प्रा.करनबहादुर शाहले सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार जथाभावी उद्धार गर्दा उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ ।

उहाँले भन्नुभयो, “आजभोलि सर्प उद्धार फेसन जस्तै भएको छ । जो पनि सर्प उद्धार कर्ता भनेर अगाडि आउनुहुन्छ । उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिममा पर्छ । नेपालमा हालै सर्प उद्धार गर्ने क्रममा दुई जनाको मृत्यु भएको खबर सुन्नमा आएको छ ।”

शाहका अनुसार कुनै पनि सर्प मानिसको बस्तीमा पुगेका बेला पक्रेर नजिकैको जङघ्गलमा सुरक्षित तरिकाले छेड्ने प्रक्रियालाई सर्प उद्धार भनिन्छ । 

 धेरै जस्तो अवस्थामा सर्पलाई नछो वा नचलाई पनि सर्प उद्धार गर्न सकिने शाह बताउनुहुन्छ ।उहाँभन्नुहुन्छ, “घटनाको प्रकृति हेरेर सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्नुपर्छ । उद्धारका क्रममा तरिका नमिल्दा वा लापरवाहीका कारण मानिस मरेका घटना सुन्नमा आएका छन् ।” 

उद्धारका नाममा महिनौँसम्म घरमा नै सर्पभन्दा सानो डब्बामा हालेर राख्ने गलत प्रवृतिको विकास भएको उहाँको ठहर छ ।  सर्पसम्बन्धी राम्रो ज्ञान भएकाहरुले मात्र सर्प उद्धार गर्न शाहको सुझाव छ धेरै मानिसलाई ज्ञानको अभावले सर्प उद्धारका नाममा सर्पलाई कष्ट दिएर भिडियो बनाउने, फोटो खिच्ने गरेको देख्न सकिन्छ । सर्प उद्धार गर्नपर्ने भएमा  उद्धार गरिसकेपछि सर्पलाई हानि नपुर्या नजिकैको जङ्गलमा लगेर छोड्न उहाँको सुझाव छ ।

सर्प उद्धार गर्दा उद्धारकर्ताले आवश्यक सावधानी अपनाएर बिस्तारै समात्ने डबल सिलाएको बलियो झोलामा राख्ने र  गाँठो पारेर गाँठो पारेको माथिपट्टी समातेर सर्पलाई दुःख नदि जङ्गलमा छोड्न उहाँको सुझाव छ । 

 सर्प कस्तो जीव हो ?

शाहका अनुसार संसारभर झण्डै चार हजार सर्पका प्रजाति छन् । सर्पहरु १० प्रतिशत मात्र विषालु हुन्छन् । सर्पले टोकेकामध्ये निकै कम मानिसको मृत्यु हुने शाह बताउनुहुन्छ । शाहका अनुसार नेपालमा अहिलेसमम ८४ प्रजातिका सर्पहरुको अभिलेख छ । नेपालमा पाँचहजार मिटर उचाइसम्म सर्पहरु भेटिएका छन् । जति उचाइमा गयो सर्पहरुको सङ्ख्या पनि कम हुँदै जान्छ । 

 सर्प सबैभन्दा बढी तराईमा पाइने भएकाले सर्पका टोकाइका घटना पनि त्यहीँ बढी हुन्छन् । नेपालमा पाइने झण्डै २२ प्रजातिका विषालु हुन्छन् आधा जति अति विषालु हुने गर्दछन् । विषालु सर्पले विषको मात्रा शरीरमा पठाउन सके मृत्यु हुन्छ । १०÷१२ प्रतिशत विषालु भए पनि टोक्नासाथ मृत्यु हुँदैन । गलत उपचार गरियो भने मृत्यु हुने उहाँको तर्क छ । 

उहाँका अनुसार गोमन करेत,हरियो सर्पहरु विषालु हुन्छ । धामन, पानी सर्प, रुखमा बस्ने सर्प विष नभएका हुन्छन् । सर्पले आफू असुुरक्षित महसुस नभएसम्म टोक्दैन त्यसैले घरबाहिर निस्कँदा सावधानी अपनाएर हिँड्न र सर्पलाई नमार्न शाहको सुझाव छ । 

सर्प कस्तो जीव हो ? कस्तो अवस्थामा सर्पले टोक्छ ? नेपालमा कुनकुन ठाउँमा कस्ता कस्ता सर्प पाइन्छ ? सर्प संरक्षण गर्न के गर्नुपर्छ लगायत विषयमा केन्द्रित भ  नेपाल पक्षी संरक्षण सङ्घका अध्यक्ष प्रा.करनबहादुर शाहसँग  गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद:


भिडियो:  मनोजरत्न शाही/केशव गुरुङ

 



 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।