• १५ चैत २०८०, बिहिबार

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबिच बेइजिङमा भेटवार्ता

blog

काठमाडौँ, असार २६ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बिच चीनको बेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ । 

उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रमहरू मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यस क्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको थियो ।

नेपाल आगामी १६औ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।एनडिआरसी उपाध्यक्ष डा. श्रेष्ठले (एनडिआरसी) का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् । 

पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रूपमा रहेको यस चिनिया संस्था हाल (एनडिआरसी) को रूपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा छ ।