• ७ वैशाख २०८१, शुक्रबार

मेराविरुद्धको अडियो योजनाबद्ध : सांसद राणा

blog

नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवा । फाइल तस्बिर

काठमाडौं, असार २५ गते । नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकपछि सोमवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको हो । 

आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उहाँले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–‘‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो । तर उसले जे भनेको छ, त्यो चाहिँ गलत भनेको र उसले आफैँ पनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो । म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ र अदालतमा पनि त्यही बयान दिनु भएको छ । अर्को कुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप जुन ४ गते नै त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ । त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ । ४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ? यो मेरा लागि पनि ठूलो प्रश्न हो ।

उहाँले भन्नुभयो–‘‘भोलि कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ । मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो । जब उनीहरुलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर । त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?

उहाँले अमरेशकुमार सिंहबिरुद्ध आफूले मानहानीको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौतिसमेत दिनुभयो