• ८ वैशाख २०८१, शनिबार

समाजवादको बाटो प्रधानमन्त्रीको नेतृत्वमा सुरु भइसक्यो : मन्त्री किराती

blog

पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असार २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले यस्तो बताउनुभएको हो ।

मन्त्री किरातीले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्ने कुराको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने जिकिर गर्नुभयो । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सुरु भइसकेको बताउनुभयो । 

‘‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ । आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुन्छ ।,’’ मन्त्री किरातीले भन्नुभयो, ‘‘नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै छ ।’’ मन्त्री किरातीले नेपाली समाजवादलाई समाजवादमा पुर्‍याउने काममा लाग्नुपर्ने बताउनुभयो ।