हिमपात र पानी पर्दा चिसोले जनजिवन प्रभावित

सोलुखुम्बु, मङ्सिर २८ गते । सोलुखुम्बुको जिल्लाको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर सिमसिम पानी परेपछि जनजिवन प्रभावित बनेको छ । शनिबारदेखि मौसममा खराबी आएपछि हिँउ तथा पानी पर्दा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ भने पशु चौपायाहरु समेत प्रभावित भएका हुन् ।
खुम्बुक्षेत्रमा करिब एक फिट भन्दा बढी हिमपात भइरहेको छ भने तथा सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकोले चिसोमा अत्यिधक वृद्धि भएपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी जुभिङ्ग लगायत आधा दर्जन गाविस सहित आसपासका क्षेत्रहरुमा समेत हिउँ परेको छ भने अधिकाँश क्षेत्रमा हिमपात भईरहेको छ ।
लामोसमयपछि हिउँपानी परेकाले कृषकहरुमा भने उत्साह जागेको पाइएको छ । आलु र मकै रोप्ने समयम भएकाले अहिलेको पानी धेरै महत्वपुर्ण भएको कृषकहरुको भनाइ छ । बल्ल अब मकै सजिलै उम्रने सल्लेरीका कृषक विनोद थापाले बताउनुभयो ।
हिउँमा खेलेर रमाउनेका पनि संख्या निकै रहेको छ । केही दिनदेखि चिसो घटेको भएपनि हिँउ परेपछि जिल्लाको माथिल्लो तथा तल्लो क्षेत्रमा अत्याधिक चिसो बढेको छ । अहिले सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दाहरुलाई घर बाहिर निस्किन समस्या भएको पाइएको छ । ‘घाम लाग्दा गर्मी हुँने पानी पर्दा चिसो हुने झनै हिँउ पर्दा त अत्याधिक चिसो बढेको छ, ।’ वेनीका अमर विकले भन्नुभयो ।
जिल्लामा चिसोका कारण जिल्लाको जनजीवन विस्तारै कष्टकर बन्दै गएको छ । हिँउले गर्दा मानिसलाई भन्दा पनि पशुपंक्षीलाई कष्ट भएको छ । हिँउ पर्दाको लागि जोहो गरेको दाउरा, चौंरी तथा गाईलाई खुवाउन राखेको घाँस समेत बारीमा लिन जान नसकेपछि जिल्लाको जनजीवनमा झन थप कष्ट थपिएको हो ।
चिसोले विषेश गरी बालबालिका तथा बृद्धबृद्धाहरुलाई सताएको छ । पछिल्लो समयमा बढेको चिसोलु निमोनियाका विरामीहरु बढ्न थालेको अस्पतालले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा चिसोले सताएपनि अस्पतालसम्म पु¥याउन नसकेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना