पार्किङ सम्झौता विरुद्ध दुई घण्टा यातायात बन्द, यात्रुलाई सास्ती

पोखरा, मंसिर २८ गते । पोखरा उपमहानगरपालिकाले गरेको पार्कीङ शुल्क सम्झौता गलत भएको भन्दै पोखराका यातायात ब्यवसायी आइतबार दुई घण्टा यातायात बन्द गरे । विहान दश देखि १२ बजेसम्म पोखरा नगरभित्र चल्ने यातायात सडकको दायाँबायाँ जथाभावी पार्किङ गदै यातायात ठप्प पारे ।

पोखराको व्यस्त बजार विपीचोकदेखि सभागृहचोकसम्म सडकको दायाँबायाँ दुवै किनारमा आफना सवारी पार्किङ गरी सवारी आवागतम ठप्प पारेका हुन ।नगरपालिकाले निश्चित ठाउँ नतोकी पोखराको सडकलाई अझ अव्यवस्थित गराउने गरी पार्कीङ सम्झौता गरिएको भन्दै गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिको अगुवाईमा आईतबारदेखि भद्र आन्दोलन सुरु भएको हो ।

उनीहरुको आन्दोलनका कारण सर्वसाधारणहरुले सास्ती ब्यहोनुपयो । विद्यालय, क्याम्पस र कार्यालय जान हिडेका सर्वसारधण हिडेरै आफनो गन्तब्यपमा पुग्नुपयो । विहानैदेखि परेको पानी र चिसोकारण बस नचल्दा सर्वसाधरण मर्कामा परेका थिए । त्यस्तै ब्यवसायीको आन्दोलनका कारण पोखरा उपमहानगरपालिकाको काम समेत प्रभावित बन्यो । नगरपालिकको मुख्य गेटमै ब्यवसायीले बस तेसारेपछि काम लिएर गएका सेवाग्राही फर्किएका थिए ।

नगरपालिकाले सार्वजनिक सवारी साधनमा अव्यवस्थित रुपमा पार्कीङ शुल्क उठाउन दिएको व्यवासयीको आरोप छ । ‘ठेक्का कम्पनीको कुनै दोष छैन नगरपालिकाले जसरी सम्झौता दियो त्यही अनुरुप शुक्क उठाउने हो तर नगरपालिकाले पोखराका सडकलाई अव्यवस्थित बनाउने गरी ठेक्का दिएको छ’ व्यवसायीले भने । सडकलाई बसपार्क बनाउन लागेको भन्दै नगरपालिकामा पटकपटक डेलिगेसन तथा छलफल र क्षेत्रीय प्रशासकलाई ध्यानाकर्षण गराएका व्यवसायीले कुनै निकास नपाएपछि आन्दोलनका कार्यक्रम गर्नुपरेको बताएका छन् ।

अहिले नो पार्कीङदेखि बाहेक सबै पार्कीङ क्षेत्र हो भनिदिँदा गम्भीर समस्या देखिएको छ । ‘हाई वे देखि लिएर पोखराका सवै सडकमा पार्कीङ शुल्क उठाउने हो भने सबै गाडी सडक मै पार्कीङ गछौं’ सार्वजनिक यातायात व्यवसायी समन्वय समितिका बसन्त प्रधानले भन्नुभयो ।–‘नगरपालिकाले पार्कीङको व्यवस्था गर्नुको साटो, जथाभावी सडकवाट पार्कीङ शुल्क उठाउन पार्उँदैन ।’

ब्वसायीले आन्दोलन अन्र्तगत २९ गते सोमबार विपीचोकहुदैं सभागृह र पृथ्वीचोकदेखि महेन्द्रपुलसम्मको सडकमा पार्किङ गर्ने प्रधानले बताउनुभयो । पुस १ गते विपीचोकदेखि सभागृह, पृथ्वीचोक नयाँबजार महेन्द्रपुलसम्म सृजनाचोकदेखि चाईनापुलसम्म विहान नौबजेदेखि ४ बजेसम्म सडकको दायाँ बायाँ सवारी पार्किङ गर्ने समन्वय समितिका महासचिव गोकर्ण कार्कीले बताउनुभयो ।

उपमहानगरले बस, ट्रक र मिनिबसको दैनिक २५ रुपैयाँ, ट्याक्सी, भ्यान, माइक्रोवसको दैनिक २० रुपैयाँ, पावर टिलर, ट्याक्टरको दैनिक १० रुपैयाँ, निजी जिप, कारको दैनिक १५ रुपैयाँ, तथा मोटरसाईकल, स्कुटरको प्रतिदिन ७ रुपैयाँ पार्किङ शुल्क तोकिदिएको छ । यता नगरपालिकाले ब्यवसायीहरुलाई छलफलमा आउन आग्रह गरेको छ । आइतबार ब्यवसायीलाई पत्र लेख्दै सोमबार छलफलमा आउन पत्र पठाएको हो । गण्डकीधौलागिरी बस ब्यवसायी समितिलाई पत्र पठाउदै ब्यवसायीको आन्दोलनप्रति आफनो ध्यानाकर्षण भएको र ब्यवसायीलाई चित्त नबुझेका विषय छलफल मार्फत समाधान गर्न आग्रह गरेकोछ । कार्यकारी अधिकृत महेश बरालले पत्र पठाउदै पार्किङ सम्झौतामा भएका केही बुदाँहरुलाई परिर्वतन गर्न कार्यदल गठन गरिएको र त्यसले काम सुरु गरेको भन्दै छलफलमा आउन अनुरोध गर्नुभएको छ ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत बरालले ठेक्का सम्झौताप्रति अहिले समस्या देखिएकाले छलफलवाट त्यसको समाधान निकालिने बताउनुभयो । ‘हामीले स्थानीय नियमलाई आत्मसाथ गर्दै पार्कीङ ठेक्का तोकेका थियौं, त्यसमा समस्या देखियो, अधिकृत बरालले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना