काँग्रेसको पालिका स्तरीय जागरण अभियान सुरु

हुम्ला समाचारदाता

congresसिमकोट वैशाख ३१ गते । नेपाली काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अन्र्तगत गाउँपालिका स्तरीय अभियान सिमकोट गाउँपालिकाबाट सुरु भएको छ । पार्टी कार्यालय काली चोकबाट नारा सहितको र्यालीले सिमकोट बजारमा परिक्रमा गरी बिपी स्मृति भवनमा आएर कार्यक्रममा परिणत भएको थियो ।
साविकको सिमकोट गाउँ विकास समितिका पार्टी सभापति अकिल बहादुर शाहीको अध्यक्षता र जागरण अभियानका केन्द्रीय प्रतिनिधि हस्त बहादुर मल्लको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको जागरण अभियानका मञ्चको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले जागरण अभियानलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए । भने वक्ताहरुले वर्तमान सरकारले जनताले दिएको म्याण्डेट अनसार काम गर्न नसकेको आरोप लगाएका थिए । कार्यक्रम केन्द्रीय प्रतिनिधि मल्ल, काँग्रेस सभापति जयपति रोकाया लगाएतका वक्ताहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो । काँग्रेसको उक्त जागरण अभियान जेठ २ गते खार्पुनाथ, ७ गते सर्केगार्ड र १० गते चंखेली गाउँपालिका संचालन हुने भएको छ । गत वैशाख २५ बाट जिल्लामा सुरु भएको अभियानमा कार्यक्रम बारे भातृ तथा शुभेच्छुकसंग अन्र्तकृया कार्यक्रम संचालन गरिएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds