नेपाली सेनाको मुख्यालयसहित सबै ब्यारेकमा स्वस्ति शान्तिसहित क्षमा पूजा चल्दै

काठमाडौँ, जेठ ६ गते । नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित रिपुमर्दनी भगवती मन्दिरमा आयोजना गरिएको उक्त पूजामा प्रधानसेनापति गौरवशमशेर राणा स्वयम् विशेषकर्ता भएर पूर्जाअर्चना गर्नुभयो ।

सेनाले यसखाले पूजा बिहान एकैसाथ मुलुकभर रहेर सेनाका पृतना, बाहिनी, गण र गुल्ममा सञ्चालन गरेको छ । भूकम्पको महाविपत्तिमा परेर निधन भएका व्यक्तिको आत्माको चीर शान्ति, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ मुलुक र जनताको कल्याणका खातिर स्वस्ति शान्तिसहितको क्षमा पूजा गरिएको नेपाली सेनाले जनाएको छ ।_KTM_army Chiefप्रधानसेनापति गौरव सम्शेर जबरा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको रिपूमर्दनी भगवती मन्दिरमा भूकम्पको त्रासबाट पीडित सम्पूर्ण नेपाली जनताको कल्याणको कामनाका साथ (स्वस्ति शान्ति) सहितको क्षमापूजा गर्दै ।

सो अवसरमा भूकम्पलगायतका सबैखाले दैवी विपत्तिको नास होस् भनेर ११ जना ब्राह्मणद्वारा लघुरुद्री पाठ र नवचण्डी पाठ गराइएको थियो । त्यस क्रममा नवग्रह स्तोत्र, वेदपाठ, विष्णु सहस्रनाम, बङ्गलामुखी स्तोत्र पाठ, गणेश, शिव, हनुमान, नाग, बटुकभैरव र शनिमृत्युन्जयसहितका पाठ गरिएको थियो ।

साथै विशेष हवन र विशेष पूजा पनि सञ्चालन गरिएको छ । उक्त पूजाअर्चना तथा पाठका लागि नेपाली सेनाका पुरोहितका साथै अन्य सुरक्षा निकायका पण्डित र सर्वसाधारण ब्राह्मणलाई समेत सहभागी गराइएको थियो ।

पूजा पाठ सकिएपछि दिउँसो २ः४५ बजे सेनाले सैनिक मञ्च टुँडिखेलबाट सबै सर्वसाधारणका लागि फूल प्रसाद वितरण गर्ने कार्यक्रमसमेत तय गरेको नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

भूकम्प भएर आपत्तिमा परेका जनताको खोज, उद्धार, राहत र पुनःस्थापना र भत्किएका भग्नावशेष हटाउने काममा नेपाली सेनाले नेतृत्व लिएर काम गर्दै आएको छ ।

सबै नेपालीमा भूकम्प त्रासको त्रास हटोस्, फेरि आगामी दिनमा मुलुकले यस्तो दैवी विपत्ति नपरोस् भनेर राष्ट्रवासीको नाममा स्वस्ति शान्तिसहितको क्षमा पूजा आयोजना गरिएको नेपाली सेनाका मूल पण्डित उपसेनानी टारहरि अधिकारीले बताउनुभयो ।

मुलुकमा भूकम्प, बाढी पहिरोलगायतका दैवी विपत्ति आएका बेला जनतामा त्यसको डरत्रास हटोस् र फेरि यसखाले उत्पातको सामना गर्न नपरोस् भनेर क्षमा पूजा गरिने प्रचलन छ ।

वैशाख १२ गते र २९ गते गएको ठूला भूकम्पमा परेर हालसम्म आठ हजार ६८३ भन्दा बढी व्यक्तिहरुको निधन भएको पुष्टि भइसकेको छ । सो दैवी विपत्तिमा परेर २० भन्दाबढी व्यक्ति घाइते भएका छन् । भूकम्पबाट खर्बौँै मूल्यबराबरको भौतिक संरचना र धनको क्षति भएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना