• ७ वैशाख २०८१, शुक्रबार

भेट्रान दौडमा धर्म र कल्पना पहिलो

blog

शुभकामना दौडका पदक विजेताहरु ।

काठमाडौं, असार २१ गते । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान पाँच किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो हुनुभएको छ ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेन्डमा पूरा गर्नुभयो । भीमबहादुर गुरुङ दोश्रो तथा राजेश महर्जन तेश्रो हुनुभयो । 

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा बिहीबार संयुक्त रुपमा आयोजित दौडमा महिलातर्फ कल्पनाले दूरी २८ मिनेट ४० सेकेन्डमा तय गर्नुभयो । याङदी लामा शेर्पा दोश्रो तथा सिता रिमाल तेश्रो स्थानमा रहनुभयो । 

बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२औं संस्करणको सांगीतिक प्रस्तुती यो वर्षको अगष्टमा इङ्ल्यान्डको लन्डनमा हुँदैछ ।

१०औं अमेरिकामा भएको थियो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफै पनि दौडनुभएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै पुगेर सकिएको थियो । 

विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणालगायतले पुरस्कार प्रदान गर्नुभयो । दौडको उद्घाटन भने दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गर्नुभएको थियो ।

दौडको अवसरमा तीनपटककी एभरेष्ट म्याराथन विजेता याङदी लामा शेर्पा, धावकद्वय पुष्पलाल महर्जन र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो ।