रेग्मी मृत्यु प्रकरणमा श्रीमतीसहित तीन पक्राउ

चितवन, जेठ ५ गते । चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले आज जानकारी दिनुभयो । उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

स्थानीयले उनीहरुको संलग्नतामा ओमप्रकाशको हत्या गरेको आरोप लगाएका छन् । स्थानीयले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको आरोपसमेत लगाएका छन् ।

सो घटना श्रीमान्ले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको भए पनि प्रहरीले भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाएको छ ।

रोजगारीको सिलसिलामा भारतमा रहेका ओमप्रकाश रेग्मी भर्खरै घर आएका थिए । उनलाई जेठ १ गते मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना