• ८ वैशाख २०८१, शनिबार

धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

blog

जिल्ला खोप समन्वय समितिद्वारा आयोजित एक समारोहमा सहभागीहरु । तस्बिर : कबिराज घिमिरे

कविराज घिमिरे
हिले (धनकुटा), असार १९ गते ।
धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा मङ्गलबार आयोजित एक समारोहमा धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका सात वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष निरेन तामाङले बताउनुभयो । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले धनकुटालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गोकुलप्रसाद भण्डारीले बताउनुभयो ।

धनकुटा जिल्लामा जन्मेदेखि १५ महिनाका दुई हजार ५६९ जना र १६ देखि ५९ महिनाका ६ हजार ४४० जना बालबालिका रहेकोमा सबै जनाले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।