• ८ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

blog

मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रासस

काठमाडौं, असार १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिनुहुँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गर्नुभएको हो । उहाँले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिनुहुन्छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गर्नुभएका शर्माले विद्यार्थीलाई पनि स्मरणशक्ति बढाउने तालिम दिँदै आउनुभएको छ ।

स्मरणशक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गर्नुभएको छ । शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियो ।

शर्माले रासससँग कुरा गर्दै भन्नुभयो, “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभ  सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने योजना छ ।” रासस