पाकिस्तानमा एक घरमा आगो लाग्दा छ बालबालिकाको मृत्यु

इस्लामाबाद, जेठ ४ गते । पाकिस्तानको पूर्वी नगर लाहोरमा एक आवासीय भवनमा आगो लाग्दा छ बालबालिकाको मृत्यु भएको जानकारी एक प्रहरी अधिकारीले दिएका छन् ।

प्रहरी अधिकारी बसरात हसनले आइतबार बिहान दुई तले एक घरमा विद्युतीय गडबडीका कारण उक्त आगलागी भएको बताए । उनले यसका कारण पाँच देखि १२ वर्षका तीन बालकको जलेर मृत्यु भएको जानकारी दिए । उक्त घटनामा सात, नौ र १५ वर्षीया तीन बालिकाको पनि स्वासप्रस्वास अवरुद्ध हुँदा मृत्युभएको बताइएको छ । यी बालबालिकाका आमालाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताइएको छ । घटनाका समयमा यी बालबालिकाका बाबु घरमा नभएको बताइएको छ ।

उक्त घटनाको बारेमा जानकारी पाएपछि उद्धार समूह एक घण्टापछि घटनास्थल पुगेको हसनले बताए । पाकिस्तानमा उद्धार सेवामा कोषको अभाव तथा राजनीतिक सञ्जालका कारण यस प्रकारको ढिलाइ असमान्य मानिन्न । रासस/एपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना