• १६ चैत २०८०, शुक्रबार

साफको सेमिफाइनल समीकरण पूरा

blog

काठमाडौं, असार १४ गते । भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति समूह ‘बी’ को अन्तिम खेलमा बङ्गलादेश भुटानलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

बङ्गलादेशले अन्तिम चारमा स्थान बनाएसँगै साफको सेमिफाइनल समीकरण पूरा भएको हो । बङ्गलादेश १४ वर्षपछि साफको सेमिफाइनलमा पुगेको हा । यसअघि बङ्गलादेश सन् २००९ मा घरेलु मैदानमा भएको च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

बङ्गलादेशसँगै समूह ‘बी’ को विजेताको रूपमा लेबनान सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘ए’ बाट कुवेत विजेता र साबिक विजेता भारत समूह उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता कुवेतले समूह ‘बी’ को उपविजेता बङ्गलादेश र समूह ‘बी’ को विजेता लेबनानले समूह ‘ए’ को उपविजेता लेबनानसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल शनिबार हुनेछ ।

लेबनान र कुवेतले पहिलो पटक आमन्त्रित टोलीको रूपमा सहभागिता जनाएका हुन् । साफमा सहभागी आठ टोलीमध्ये नेपाल, पाकिस्तान, माल्दिभ्स र भुटान समूह चरणबाट बाहिरिए ।